अस्ट्रेलियन नेताहरुलाइ समेत दसैंंको टिका लगाइदिए

Read Time:4 Minute, 46 Second
राम कुमार श्रेष्ठ
अत्यन्तै थोरै नेपाली बसोबास गर्ने अस्ट्रेलियाको जिलोङमा जिलोङ नेपलिज एसोशियसनको पहलमा आयोजनामा गरिएको पहिलो दसैंं कार्यक्रममा वरिपरिका शहरहरु मेलबर्न, बालाराट र वार्नाबुलदेखि नेपाली एबं बिदेशीहरु आएर नाचगान सहित भब्यताका साथ मनाइएको दसैंं कार्यक्रममा अस्ट्रेलियाको आसन्न सांसद निर्वाचनका लागि उम्मेदवार भएका ठूला पार्टीका उम्मेदवारहरु समेतले नेपाली एबं बिदेशीहरुलाई दसैंको टिका लगाएर आशिर्बाद दिए । यसरी टिका लगाएर आशिर्बाद दिने बिदेशीहरुमा लेबर र ग्रिन पार्टीका सांसद उम्मेदवारहरु क्रमश: क्रिस्टिन कोउजेन्स र लोइड डेविस, भिक्टोरिया मल्टिकल्चरल कमिसनका कमिसनर डा टेरेज डे फजिओ, ग्रेटर जिलोङ काउन्सिलका बहुसांस्कृतिक जिम्मेवारी बहन गरेका काउन्सिलर एड्डी कोन्टेल्ज र अजी एक्सन अब्रोडका प्रबन्ध निर्ढेशक ग्राएम केण्ट थिए । 
 
कार्यक्रममा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जन, लेबर र ग्रिन पार्टीका सांसद उम्मेदवारहरु क्रमश: क्रिस्टिन कोउजेन्स र लोइड डेविस, भिक्टोरिया मल्टिकल्चरल कमिसनका कमिसनर डा टेरेज डे फजिओ, ग्रेटर जिलोङ काउन्सिलका बहुसांस्कृतिक जिम्मेवारी बहन गरेका काउन्सिलर एड्डी कोन्टेल्ज, अजी एक्सन अब्रोडका प्रबन्ध निर्ढेशक ग्राएम केण्ट, बेटर कम्युनिटिज कन्सल्टिङका प्रबन्ध निर्देशक ब्राड क्लार्क, डाभर्सिटाटका कम्युनिटी एजुकेटर हेमराज भूलाह, एनआरएन भिक्टोरियाका संयोजक ॠषि कंडेल, नेपालीज एसोशियसन भिक्टोरियाका अध्यक्ष सुधिर शाक्यले मन्तब्य ब्यक्त गर्दै सबैलाई दसैंंको शुभ-कामना दिए । मन्तब्य ब्यक्त गर्ने क्रममा अधिकांश बक्ताले जिलोङमा नेपालीहरुद्धारा आयोजना गरिएको यो पहिलो कार्यक्रमले अनेकतामा एकता र सबैले सबैको संस्कृतिको आदर जस्तो अत्यन्तै महत्वपूर्ण सन्देश दिएको अभिब्यक्ति दिए । ब्राड क्लार्कले भने आफ्नो मन्तब्य नेपालीमा नै दिएका थिए ।
 
कार्यक्रममा ज्योत्सी राजभण्डारी, प्रज्ञा कुमारी पटेल, मुस्कान करन्जित्, पूजा श्रेष्ठ, अतिथि आचार्यले नृत्य प्रदर्शन गरेका थिए भने गायिका निबेदिता बरालले गीत गाउनु भएको थियो । डा साबित्रा काफ्लेले दसैंंको बारेमा पाउर प्वाइण्ट प्रिजेण्टेशन गरेका थिए ।     
 
ज्योत्सी राजभण्डारी, प्रज्ञा कुमारी पटेल, मुस्कान करन्जित्, पूजा श्रेष्ठ, अतिथि आचार्य, निबेदिता बराल, डा साबित्रा काफ्ले, मिस्टर नेपाल अस्ट्रेलिया २०१४ अनुपम ध्वज किरण, जोन योन्जन, मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह र ईन्द्र देवी कोइरालालाई कार्यक्रमको अन्तमा कार्यक्रम सफल तुल्याउन उल्लेख्य योगदान दिएकोमा कार्यक्रमका बिशेष अतिथिहरु मार्फत प्रसंशा पत्र प्रदान गरिएको थियो ।   
 
मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाहद्धारा सन्चालन गरिएको र जिलोङ नेपलिज एसोशियसनका अध्यक्ष एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठद्धारा धन्यवाद ज्ञापन गरिएको सो कार्यक्रममा परंपरागत नेपाली खानाका परिकारहरु सबैको लागि अर्को आकर्षण बनेको थियो । 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %