दिल प्रसाद थापा
बुटवल, संघिय एक्प्रेस प्रा.लीको चौथौ स्थापना दिवस, तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बुटवलका अमर भवन सुख्खा नगरमा मंगलबार सम्पन्न भएको छ ।
संघिय एक्प्रेस प्रा.ली का अध्यक्ष भिम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीमा नेपाल मगर संघ रुपन्देही जिल्ला अध्यक्ष दल बहादुर विरकट्टा मगर रहेका थिए ।
कार्यक्रममा नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय प्रशिक्षण विभाग प्रमुख पुर्ण बहादुर तरामु, नेपाल मगर लेखक संघ लुम्बिनी पुर्व अध्यक्ष लोकनेश ढेङ्गा मगर, राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्ग, तिलोत्तमा नगर पालिका करौजिया बौद्ध गुम्बाका अध्यक्ष नर जङ्ग गुरुङ्ग, नेपाल मगर संघ तिलोत्तमा नगर समितिका उपाध्यक्ष लिला राना, प्रालीका सल्लाहकार बाबुलाल थापा, आर्थिक समितिका क्षेत्रिय अध्यक्ष, धन बहादुर थापा, क्या. मिन ब. आले, बलिराम थापा, वर्ण बहादुर राना, लुम बहादुर फौजा मगर लगायत अन्य अतिथीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले संघिय एक्सप्रेस अर्धसाप्ताहिक प्रत्रिकाले विशेषरुपमा आदिवासी जनजाती, दलित, मुश्लिम तथा उत्पीडनमा परेका समुदायहरुको आवाज तथा मुद्धा राष्ट्रिय स्तरको पत्र पत्रिका मा आउन नसकेको अवस्थामा तिनको मुद्धा पत्रिका मार्फत जनता सामु ल्याएर उल्लेखनिय भुमिका खेलेको बताए । आदिवासी जनजातीको आन्दोलनलाई सहयोग पु¥याउन पत्रिकाले साहित्यीक क्षेत्रको लाडाई गर्दै जनतालाई सुसज्जित गरेको बताए । उपस्थित वत्ताहरुले यस पत्रिका मार्फत अबका दिनमा आदिवासी जनजाती तथा उत्पीडनमा परेका समुदायले पनि मिडिया हाउस संचालन गर्न सक्ने भएको र आफ्ना पहुच पु¥याउन अझै आउने दिनमा विभिन्न चुनौतिको सामना गर्नु पर्ने बताए ।
अबको दिनमा राज्य चौथो अङ्गलाई संचालन गर्न आदिवासी जनजाति संक्षम भएको यस पत्रिकाले देखाएको वक्ताहरुले बताएका थिए । कार्यक्रममा अध्यक्ष भिम बहादुर रानाले कार्ययोजना तथा बार्षिक प्रतिवेदन प्रस्तृत गरेका थिए भने कोषाध्यक्ष आन बहादुर सेती मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रालिमा २०४ जनाको सेयर रहेको जानकारी अध्यक्षले गरायका थिए ।
अधिवेशन कार्यक्रममा निवार्चन मण्डलका संयोजक झम बहादुर गुरुङ्गका अनुसार पुरानो समितिलाई यथास्थानमा राखी आउने तीन महिना देखि छ महिना भित्र पुन अधिवेशन गरेर नयाँ समिति गठन गर्नु पर्ने निर्णय भएको जानकारी दिए । कार्यक्रममा प्रालिका उपाध्यक्ष चित्र बहादुर गुरुङ्गको स्वागत मन्तब्य रहेको थियो भने सचिव गिता सारुले संचालन गरेकी थिइन ।
