सबै धर्मसंस्कृतिको चाडपर्वमाथी राज्यद्वारा समान व्यवहार गरियोस !

Read Time:7 Minute, 29 Second

पहिलो दिनको धर्ना सम्पन्न , दोस्रो धर्ना कार्यक्रम २०७१ असोज  १५ गते

आङकाजी शेर्पा

नेपाल वहुधार्मिक, वहुजातीय, वहुभाषिक तथा वहुसांस्कृतिक देश भएको तथ्यालाई आत्मसात गर्दै अन्तिरम संविधान २०६३ ले नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गरि सकेकोछ । धर्मनिरपेक्ष राज्यको संविधानको भावना विपरित हिन्दु राज्य र हिन्दु राजा हुदाको प्रचलनलाई निरन्तरता दिदै राज्यद्वारा एकल धर्मसंस्कृतिको मात्र संरक्षण गरेकोमा हाम्रो गम्भिर ध्यान आकर्षण भएको छ । अतः सबै धर्मसंस्कृति चाडपर्वहरुमाथी राज्यद्वारा समान व्यवहार गरियोस भन्ने मागप्रति सरकार, राज्य तथा दलहरु ध्यान आकृष्ट गर्न निम्न १४ वुंदे माग सहित दुई दिने शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरिएको छ ।

(१) धर्मनिरपेक्ष राज्यसंग बाझिएका ऐन, कानुन, नीति तथा नियमलाई तत्काल सशोधन गरि धर्मनिरपेक्ष कार्यन्वयन गरियोस ।

(२) दशै सबै नेपालीले नमान्ने र अन्य देशका नागरिकले पनि मान्ने भएकोले दशैलाई नेपालीको चाड भनेर सम्बोधन नगरियोस । दशैलाई हिन्दु मात्रको चाड भनेर सम्बोधन गरियोस ।

(३) राष्ट्रपति, प्रधानमन्त्री र सरकारी कर्मचारीहरुको सहभागितामा, राज्यको स्रोत साधन प्रयोग गरेर नेपाली सैनिक खुल्ला मञ्चमा नेपाली सेना तथा प्रहरीले तोप र बन्दुक पडकाएर दशै, शिवरात्री र बसन्त पञ्चमीमा हर्षबढाइ गरे जस्तै सबै धर्मसंस्कृतिका चाडपर्वहरु सकेला, भुमे पूजा, चोेनाम पर्व, उधौली उभौली, तमु लोसार, सोनाम लोछार, ग्याल्बो ल्होसार, छठ, जितिय, सिरुवा पर्व, यौमरी पर्व, म्हपूजा, ईद, क्रिस्मस र माघीमा राष्ट्रपति, प्रधामन्त्रीको उपस्थितिमा सैनिक मञ्चमा नेपाली सेना प्रहरीले तोप र बन्दुक पडकाएर हर्ष बढाईका साथ मनाउने व्यवस्था गरियोस ।

(४) सरकारी तथा निजी सञ्चार माध्यममा हिन्दुको चाडपर्वका समचारहरु प्राथमिकताका साथ सम्प्रेषण भए जस्तै सबै धर्मसंस्कृतिका चाडपर्वका समाचारहरुलाई पनि उतिकै प्राथमिक्तका साथ सम्प्रेषण गरियोस ।

(५) नेपाली सेना, प्रहरी तथा निजमति सेवामा कार्यरत गैरहिन्दुधर्म मान्ने सेना, प्रहरी तथा कर्मचारीहरुलाई उनीहरुको ईच्छा विपरीत दशैको टिका ग्रहण नगराइयोस । उनीहरुलाई आ–आफ्नो आस्थ अनुसारको चाडपर्व स्वतन्त्र पूर्वक मनाउने अधिकार प्रदान गरियोस ।

(६) नेपाली सेना तथा प्रहरीका व्यारेक, सरकारी हस्पिटल तथा सरकारी कार्यलयको हाताभित्रका पूजास्थलहरुमा हिन्दुधर्मका देवीदेवाता संगै बौद्ध, किरात लगायत सबै धर्मका देवीदेवताहरु राखियोस । बृटिस तथा भारतीय सेनामा जस्तै नेपाली सेना तथा प्रहरीमा पनि हिन्दु पुजारीका साथै बौद्ध, किरात लगायत आवश्यकता अनुसार अन्य धर्मको पुजारी नियुक्ति गरियोस ।

(७) नेपाली सेना र नेपाल प्रहरीद्वारा विभिन्न जिल्लाहरुमा हिन्दुको मठमन्दीर निर्माणमा सहयोग गरे जस्तै बौद्ध गुम्ब, विहार, किरात, लागयत आवश्यकता अन्य धर्मका भवन निर्माणमा पनि सहयोग प्रदान गरियोस । (८) नेपाली सेना तथा सशस्त्र प्रहरीका गुल्माहरुको नामकरण हिन्दु संस्कृतिको आधारमा (भैरव गुल्म, विष्णु गुल्म आदी) मात्र नगरी सबै समावेशी धर्मसंस्कृतिको आधारमा नामकरण गरियोस ।

(९) हिन्दुको चाडपर्वमा विद्यालयहरु एक महिना विदा दिने र अन्य धर्मसंस्कृतिको चाडपर्वका दिन विद्यालयमा परिक्षा राखेर विद्यार्थीहरुलाई आप्mनो चाडपर्व मनाउन निषेध गरेको छ । अत हिन्दु धर्मसंस्कृतिका चाडपर्व सोसरह अन्य धर्मसंस्कृतिको चाडपर्वमा पनि विदाको व्यवस्था गरियोस ।

(१०) हिन्दुधर्मको चाडपर्वको शुभकामना दिन सरकारी माध्यम (रेडियो, टेलिभिजन, दैनिक पत्रिका, टेलिफोन र एस एम एसमा) सहुलियतको व्यवस्था र सहुलियत दरमा खाद्यनहरुको व्यवस्था भए जस्तै सबै धर्मसंस्कृतिको चाडपर्वमा पनि सहुलियतको व्यवास्था गरियोस ।

(११) हिन्दुधर्मको चाडपर्वमा राष्ट्रपति, प्रधामन्त्री तथा दलहरुबाट शुभकामना सन्देश दिए जस्तै सबै धर्मसंस्कतिका चाडपर्वहरुमा पनि राष्ट्रपति, प्रधामन्त्री तथा दलहरुबाट शुभकामना सन्देश दिइयोस ।

(१२) सरकारी कार्यलय, विदेशमा रहेका नेपाली राजदुतवास, दलहरुको कार्यलयमा हिन्दुको चाडपर्वमा जलपान र शुभकामना आदनप्रदान कार्यक्रम, सैनिक तथा प्रहरी केन्द्रीय कार्यलयमा साँस्केतिक कार्यक्रम आयोजन भए जस्तै बुद्ध जयन्ति, शहिद लखन थापा दिवसका साथै सबै धर्मसंस्कृतिको चाडपर्वहरुमा जलपान, शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रम आयोजना गरियोस ।

(१३) हिन्दुको चाड दशैको नाममा भत्ता दिने व्यवस्थालाई सशोधन गरियोस । सबै कर्मचारीहरुले आ–आफ्नो चाडपर्वको नामबाट भत्ता लिने व्यवस्था मिलाईयोस वा दशै भत्ताको नाम संशोधन गरेर समावेशी चाडपर्व भत्ता भनेर नामकरण गरियोस ।

(१४) दशैमा प्रत्येक सरकारी गाडी तथा मोटरसाईकलका लगि एक – एक पशु बलि दिएर राज्य ढुकुटीबाट करोडौ खर्चेर पशुवलिको नाममा अमुक पशुहरुको हत्याको अन्त गरियोस ।

पहिलो दिनको धर्ना सम्पन्न , दोस्रो धर्ना कार्यक्रम २०७१ असोज  १५ गते

समय : विहान ११ बजेदेखि ५ बजेसम्म

स्थान : भद्रकाली पूर्वतर्फ

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %