पालुन्टार, गोरखा, प्रत्येकवर्ष हुँदै आएको लिगलिग दौड प्रतियोगिताको पाँचौं संकरण यसवर्ष पनि सकिएको छ । बिहान भएको लिगलिग दौडमा अनिश थापामगर प्रथम भएका छन् । उनले ३६.४३ सेकेण्डमा निर्धारित दूरी पार गरेका हुन् । उनले यसअघिको रेकर्ड तोडदै लिगलिग दौडको उपाधि उचलेका छन् । थापा भारतीय सेनामा कार्यरत हुन् । यस्तै प्रतियोगितमा नेपाल प्रहरीका भूमि राई दोस्रो भए । त्यस्तै राजन खत्री तेस्रो भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार ५सय ५ रुपैयाँ नगद र श्रीपेच दिइएको छ । यस्तै दोस्रो र तेस्रो हुने प्रतियोगिले २५ हजार २ सय ५ र १० हजार १ सय १ रुपैयाँ नगद प्रप्त गरेका छन् ।
लिगलिग दौडमा जम्मा ११० जना प्रतियोगिले सहभागिता जनाएका थिए ।
यस्तै महिला तर्फको ५ किलोमिटर दौडमा सन्तोषी श्रेष्ठ प्रथम भएकी थिइन् । यस्तै दोस्रो र तेस्रो क्रमश संगीता खडका र अमृसा श्रेष्ठ भए । उनीहरुले क्रमश १० हजार, ५ र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । यौ दौडमा १९ जना महिलाको सहभागिता थियो ।
लिगलिगकोट विकाश अभियानले आयोजना गरेको कार्यक्रमको उदघाटन युवा तथा खेलकुद मन्त्री पुरुषेत्तम पौडेलले गरेका थिए ।
लिगलिग दौड प्रत्येक वर्ष फूलपातीको अघिल्लो दिन हुने गर्छ ।
लिगलिगे दौडमा राजा भए अनिश
Read Time:1 Minute, 54 Second
