बुटवलमा दशै म्युजिकल नाइट

Read Time:2 Minute, 49 Second

दिल प्रसाद थापा

 
बुटवल , म्युजिक मार्ट बुटवलको आयोजना र बेलायतमा रहेको नेपाली ब्रिटिश आर्मीमा रहेका सांगितिक समुह ड्रेगन गाइज् युके को सहयोगमा बुटवलको सिद्धार्थ कटेजमा शुक्रबार दशै म्युजिकल नाइट–२०७१ सम्पन्न भएको छ ।

    
साझँ छ बजे सुरु हुने भनिएको कार्यक्रम दर्शकको चहलपहल हुदै गर्दा सात बजे सुरु भएको थियो । सो सांगितिक कार्यक्रमको सुरुवातमा १९७४ एडी व्याण्डको चर्चित गित परेलीमा लुकाई राखन भन्ने गितको सुरुवात सँगै नेपथ्य व्याण्डको जिवन हो घाम छाया,लगायत विभिन्न नेपाली चर्चित गित तथा भारतिय रक, र अग्रेजी रक गितहरु प्रस्तृत गरेका थिए । कार्यक्रमको माहोल तातिदै गर्दा कलिलो तामाले सोध रामाले भन्ने गित गाई रहदाँ दर्शकहरु छमछम्ती नाच्न भ्याए।

विभिन्न रक तथा म्याटल गित प्रस्तृत गर्दा उपस्थीत दर्शकहरु हेड व्यङ्ग गरेका थिए । उक्त सागितिक समुहको भोकल सन्तोष राना, लिड गितारमा लाक्पा शेर्पा, ड्रममा शुशिल क्षेत्री, वास गितारमा सम्राट शेरचन, रिदममा साजन श्रेष्ठको प्रस्तृती रहेको थियो । करिव २०० जना अतिथीहरु उपस्थिती रहेको कार्यक्रममा स्न्याक्स साथै नाइट डिनरको पनि व्यस्था गरिएको थियो । उपस्थित सबै अतिथीहरु बुटवल क्षेत्रमा रहेको विभिन्न अटो विजनेश तथा बैकिङ्ग क्षेत्रका व्यक्तित्वहरु रहेका थिए ।

व्यवसाय क्षेत्रमा रहेका व्यक्तित्वहरुलाई जमघट गराई दशैलाई संगठित रुपमा मनाउन उक्त सांगितिक कार्यक्रमको उद्देश्य रहेका कार्यक्रम संयोजक लाक्पा शेर्पा जानकारी दिए । म्युजिक मार्टले यस्ता सांगितिक कार्यक्रम विभिन्न समयमा नियमित रुपमा विशेष अवसर पारेर गर्ने गरेको छ । कार्यक्रमको व्यस्थापन लाक्पा शेर्पा, शन्तोष पौडेल, जिवन गौतम, निराजन खड्का लगायत समुहले गरेका हुन । म्युजिकल नाइट कार्यक्रम राति दश बजे सम्म भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %