जनजाति महासंघ, गैंडाकोट नगर समन्वय परिषद् गठन

Read Time:58 Second
देवेन्द्र सारु मगर 
 
नवलपरासी , असोज १२ – नवलपरासीको गैंडाकोट नगरपालिका भित्र रहेका आदिवासी जनजाति अगुवाहरुको भेलाले नेपाल आदिवासी जनजाति महासंघ, गैंडाकोट नगर समन्वय परिषद् गठन गरेको छ । शनिबार हर्कपुर वडा कार्यालय भवनमा भएको भेलालले बालुराम कुमालको अध्यक्षतामा १५ सदस्यीय गैंडाकोट नगर समन्वय परिषद् गठन गरिएको हो ।
नगरसमितिको उपाध्यक्षमा ललित गुरुङ, सचिवमा टकबहादुर थापा मगर (विरकटा), सहसचिव अमृत श्रेष्ठ र कोषाध्यक्षमा ओमकुमारी माझी चयन भएका छन् । भेला नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद् नवलपरासीका सहसचिव राजेश श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।
 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %