काठमाडौ, १२ असोज – राजागद्दीबाट हटाइए पनि बडादसैंका अवसरमा विभिन्न शक्तिपीठ जाने र आफ्ना समर्थकलाई टीका लगाउने गरेका पूर्व राजा ज्ञानेन्द्रले यो वर्ष दुवै काम नगर्ने भएका छन् ।
केही दिनअघि हृदयघात भएपछि चिकित्सकहरुले केही साता आराम गर्न सुझाव दिएपछि शक्तिपीठा जाने र समर्थकहरुलाई टीका लगाउने काम नगर्ने भएका हुन् ।
पूर्व राजाका सहयोगी फणि पाठकले एउटा सूचना जारी गर्दै ज्ञानेन्द्रले महाअष्टमीका दिन विभिन्न शक्तिपीठको दर्शन र विजया दशमीका दिन टीका लगाउने काम नहुने जनाएका हुन् ।
यसअघि पूर्व राजा ज्ञानेन्द्र महाअष्टमीका दिन भद्रकाली, मैतीदेवी, गुह्यश्वरी, संकटा, भद्रकालीलगायतको मन्दिर जाने गरेका थिए । त्यस्तै विजया दशमीका दिन निर्मल निवासमा आफ्ना समर्थकहरुलाई टीका लगाइदिने गरेका थिए । अस्वस्थ्यताका कारण पूर्व राजा ज्ञानेन्द्रले यो वर्ष शक्तिपीठको दर्शन र टीका लगाउने दुवै काम नगर्ने भएका हुन् भनि सम्बाद मिडियाले समचार छापेको छ ।

