अबरुद्ध बाटो ६ घण्टा पछि खुल्यो

Read Time:2 Minute, 14 Second

देब पचभैया

पाल्पा, असोज १२ – पाल्पाको अर्गलीमा भएको सडक अबरुद्ध ६ घण्टा पछि खुलेको छ । हिजो दिउसो ४ बजे भएको सडक दुर्घटनाको बिषयलाई लिएर स्थानियले दिउसो १२ बजे देखि सडक अबरुद्ध पारेका थिए ।

पाल्पाका प्रहरी प्रमुख प्रहरी नायक उपरिक्षक शिब कुमार श्रेष्ठको नेतृत्वमा स्थानिय बासी हरु संग भएको छलफल पछि बाटो खुलेको हो ।

नम्बर नखुलेको मोटरसाईकलको ठक्कर बाट हिजो दिउसो ४ बजे स्थानिय ५  बर्षिया सिर्जना राना मगरको ज्यान गएको थियो ।

दोसी पत्ता लगाई कारबाही गर्नुपर्ने र पिडितलाई क्षतिपुर्तिको

माग गर्दे स्थानियबासीहरुले हिजो बेलुकी पनि बाटो अबरुद्ध पारेका थिए । प्रहरी र स्थानिय प्रशासन बिच घटनाको अनुसन्धान गर्ने सहमतिमा हिजो बाटो खोलेको थियो ।

अर्गली बजार वर पानीको छहरामा साथीहरु संगै खेलिरहेका बालीका रानालाई मोटरसाईकले ठक्कर दिएको भनिएपनि कुन गाडीले ठक्कर दिएको हो भन्ने यकिन जानकारी हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । मृतक बालिकाको शब हिजो बेलुकी बाटै जिल्ला अस्पताल राखिएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की जिल्ला बाहिर रहेको र सोमबार दिउसो पुन बार्ता हुने गरी अबरुद्ध बाटो संचालन गरिएको प्रहरी निरिक्षक चन्द्र बहादुर थापाले जानकारी दिए । पछिल्लो एक हप्ताको अवधीमा मात्रै तानसेनमा ३ बालबालिका मोटरसाईकलको ठक्कर बाट गंभिर घाईते भएका छन् । उनीहरुको काठमाण्डौमा उपचार भैरहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %