देशको विकासमा भुपुहरुको महत्वपूर्ण योगदान

Read Time:2 Minute, 27 Second

गोविन्द घर्ती
देवदह , आश्विन ११ । अव बन्ने संविधानमा भुतपुर्व सैनिक मन्त्रालय निर्माण गरे मात्र भुपुहरुको समस्या समाधान गर्न सकिने रुपन्देहीको देवदहको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले देशको विकासमा भुपुहरुको महत्वपूर्ण योगदान रहेको भन्दै भुपुहरुको मागलाई राज्यले सम्वोधन गर्नु पर्नेमा जोड दिएका थिए । स्वतन्त्र भुतपुर्व सैनिक कल्याणकारी देवदह द्धारा विजय दशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

कल्याणकारी देवदहका अध्यक्ष जीतबहादुर पाईजाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सैनिक कल्याणकारी महासंघका सहअध्यक्ष किसनबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य दलबहादुर विरकट्टा, नेपाली काग्रेस जिल्लाका सचिव हिराबहादुर खत्री, नेकपा एमाले रुपन्देहीका सचिवालय सदस्य सिद्धिचरण भट्टराई, नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष वासुदेव रिमाल, एमाअोवादीका जिल्ला सदस्य कृष्ण ढकाल, देवदह उद्योग संघका गोपाल ढकाल, देवदह व्यापार संघका उपाध्यक्ष गौतम ठाकुर, नेकपा माओवादीका चिरन पुन लगायतले मन्तब्य दिएका थिए ।

त्यसैगरी वालकुमार श्रेष्ठ, गोविन्द ठड्राई, दुर्गा बहादुर राना, डम्वर बहादुर थापा, मित्रलाल खरेल, जीवलाल पराजुली, रुद्रमान ढकाल, पुर्ण बहादुर क्षेत्री लगायतले आ–आफना भनाई राखेका थिए । उपाध्यक्ष भिमबहादुर पाण्डेको स्वागत र सचिव कोषबहादुर गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %