दिल प्रसाद थापा
भैरहवा, १० असोज । सानिमा विकास बैंकले शुक्रबार भैरहवामा बैंकको शाखा उद्घाटन गरेको छ ।
सो अवसरमा प्रमुख अतिथी बैंकका व्यस्थापन समितिका संचालक टुक प्रसाद पौडेल र विशिष्ट अतिथी शिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद शर्माले सयुक्त रुपमा भैरहवा शाखाको उदघाटन गरेका छन । कार्यक्रममा बैकका भैरहवा शाखा प्रबन्धक दिनेश भण्डारीको स्वागत मन्तव्य रहेको थियो भने क्षेत्रिय प्रबन्धक हेमराज सन्ज्यालले बैकको बारेमा जानकारी दिएका थिए । आजै इटहरी, धरान, विर्तामोड, जनकपुर र कलैया पनि बैंकका शाखाहरू सञ्चालनमा ल्याइएकोे पौडेलले जानकारी दिएका थिए । बैंकले भैरहवामा सञ्चालनमा ल्याएको शाखा समेत अब सानिमा विकास बैंकको शाखा ३७ पुगेको छ । अधिकृत पुँजी दुई अर्ब ५५ करोड रहेको नेपालका निजी क्षेत्रको कान्छो बैंकका रुपमा रहेको सानिमा विकास बैंकको हालको निक्षेप २७ अर्बभन्दा बढी रहेको छ । बैंकले दुईदिनपछि सगरमाथाको लाहान र सुर्खेतमा शाखा सञ्चालनमा ल्याउँदैछ । बैंकले सुनसरी जिल्लाको धरान र इनरुवामा यसअघि नै शाखा सञ्चालनमा ल्याइसकेको छ । बैंकले ७०० भन्दा बढी शिक्षित युवालाई रोजगार दिइसकेको बताइएको छ ।
सानिमा बैंकको भैरहवा शाखा उद्घाटन
Read Time:1 Minute, 50 Second
