शिबलाल थापा मगर
काठमाडौ , आश्विन ९ – बिहान ९ बजे संबैधानिक राजनीतिक सम्बाद तथा सहमती समितिका सभापति मा. बाबुराम भट्टराई र संबिधान सभा भित्र रहेका सात राजनीतिक दल मिलेर बनेको साझा मुद्दाको लागि संयुक्त मन्चको बैठक सिंहदरबारमा बस्यो।
सो बैठकमा मन्चको तर्फबाट अब बन्ने नयाँ संबिधानमा राज्य पुनसमरचना गर्दा आदिबासी जनजाती,दलित,महिला,मुस्लिम,मधेसी,अल्पसङ्खेक,सिमान्तक्रित,पिछढियको क्षेत्र,उत्पीडित बर्ग सबैको पहिचान सुनिस्चित हुनु पर्नेमा बहस गरियो।
साथै न्युनतम सहमति कसरी खोज्ने भन्ने प्रश्नमा जातीहरुको एतिहासिक पृश्ठभुमीलाई टुक्राउन नहुने, उनिहरुको पहिचान सम्बोधन हुने गरी प्रदेसहरु निर्माण हुनु पर्नेमा जोड गरियो ।
त्यसरीनै उत्तर , दक्षिण चिरेर सिमाङ्कन गर्न नहुनेतर्फ पनि हामीले ध्यानाकर्षण गराइयो । हामीले राखेको बिषय प्रती सभापति अत्यन्त सकरात्मक छन् ।
