कमल चौधरी
बुटवल – प्रहरी नायव उपरीक्षक (डीएसपी) दिलिप घिमिरेले नेपालीहरुको महान् चाडपर्वहरु नजिकै गईरहेको हुदाँ चोरी, डकैती, लुटपट, दुर्घटना जस्ता अपराधजन्य घटनाहरु घट्न नदिनको लागि १६ घण्ट सम्म प्रहरीलाई खटाउने जानकारी गराएका छन् ।
उनले यस्ता चाडपर्वमा र भीडभाड र सवारी साधनमा यात्रा गर्दा विभिन्न किसिमका घट्नाहरु घटिरहेको हुदाँ त्यस्त घट्नाहरु घट्न नदिनको लागि सादा पोसकमा नै आफूहरु गस्ती गर्ने बताए ।
इलाका प्रहरी कार्यालय बुटवलले सोमबार पत्रकार, तथा विभिन्न उद्योग व्यवसयीहरुसंग भेटघाटका कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् । उनि वि. स. २०५८ साल देखि प्रहरी सेवा सुरु गरे र अहिले डिएस्पी भएका घिमिरे धनुषाबाट सरुवा भई हालै बुटवलमा आएका छन । उनले भने –“दशै तिहरको बेला विभिन्न किसिमका अपराधजन्य घटनाहरु घट्ने तथा ठुल–ठुला दुर्घटनाहरु हुन्छ ।
त्यस्लाई न्युनिकरणको लागि नयाँ रणनितिका साथ अगाडी बद्छौं र पर्वको बेला जुवातास खेल्ने र खेलाउनेलाई हामीले कानुनको दायरमा लिन्छौ ।” डिएसपी घिमिरेले भने –“बुटवलको शान्ति सुरक्षा र अपराध रहित क्षेत्र बनाउनको लागि प्रहरीको कर्तव्य हो । यसको लागि सम्पूर्ण उद्योग व्यावसयी, पत्रकार, प्रहरी नागरिक संग हातेमालो गरेर अगाडी बढ्नको लागि सहयोग र सहकार्यको आवश्यक छ ।”
साथै डिएसपी घिमिरेले चाड पर्वमा हुने दुर्घटनलाई न्युनिकरण गर्नको लागि हाइवो गस्ती, मापासे चेकजाँचलाई चुस्त र दुस्त रुपमा अगाडी बढाउने जानकारी दिए । उनले भने – “बुटवलमा भएका चोरी डकैती, र व्यावसयीका हत्या जस्ता घट्नाहरु जुन घटेका छन् त्यो हाम्रो लागि निकै चुनौतिको विषय हो । हामीले यस घटनलाई जुनसुकै अवस्थामा भए पनि बाहिरा ल्याउने छौं र अपराधीलाई कानुनी दायरामा लिएरै छाड्नै छौं ।
” कुनै घटनाको परिणाम तत्काल आएमा राम्रो मान्ने तर समय लागेमा नराम्रो काम भन्न मिल्दैन किनभने कुनै पनि घटनाको छानविन गर्न समय लाग्छ त्यसो भन्दैमा प्रहरीले घटनालाई वेवास्ता गरेको होइन । घिमिरेले आफूले कुनै उदाहरणीय काम गर्न नसके पनि नराम्रो काम नगर्ने प्रतिबद्धत व्यक्त गरेका थिए ।
