बाल अधिकारको खोजिमा बालकहरू

Read Time:3 Minute, 18 Second

दिल प्रसाद थापा
भाद्र २९ गते देश भरिनै बाल दिवस मनाइरहको सन्दर्भमा विभिन्न विद्यालय, संघ सस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेर भव्य सव्यका साथ सो दिवस मनाएका होलान । तर यि सडक बालकहरुलाई बाल दिवसको अत्तो पत्तो छैन । दिन भरि सहरको बाटो घाटोमा फालिएका फोहर मैला प्लाष्टीक संकलन गरि एक छाक खानको लागि कडा मेहनत गर्दछन र दुई चार पैसा आर्जन गर्न भ्याउदछन । दिन भरिको काम पछि यि सडक बालबालिकाहरु साझ पख एकै ठाउमा जम्मा हुन्छन । त्यसपछि दिन भरिको थकान मेट्न कलिलै उमेरमा सुलेसन (टायर पन्चर हुदा प्रयोग हुने केमिकल ) एउटा प्लाष्टिकमा हालेर त्यसको गन्द लिई नशा लिन बाध्य भएका छन । यस्ता सडक बालबालिकाहरुको सम्बन्धीत निकाय सरकार पक्षको ध्यान जान सकेको छैन । राज्यकोष बाट करडौ रुपैया बालबालिका को लागि विनियोजन भएता पनि यस्ता सडक बालबालिका को लागि टाडाको कुरा भएको छ । बाल दिवस हुनेखाने वर्गको लागि रमाइले गर्न कार्यक्रम गर्ने हुन सक्ला तर यि सडक बालबालिका को लागि जब सम्म निम्न आधारभुत अवश्यकता,खान बस्न पढ्न पाउने अधिकार सरकारी पक्ष बाट पाएको अनुभव हुदैन जति नै बाल दिवस आओस त्यसको कुनै महत्व हुने छैन । र बाल दिवस यस्ता सडक बालकहरुलाई आएको गएको थाहा हुदैन ।
युनिसोफको रिर्पोट अनुसार बर्षेनि नेपालमा पचास हजार बालबालिका स्वास्थ्य सेवा पहुच नहुदा साथै देशको उदाशिनताको कारणले अकालमा ज्यान गुमाउन परेको छ । नेपालमा २७ लाख बालबालिकाले जिवन यापन गर्नका लागि बालश्रमिकको रुपमा काम गर्ने गर्दछन । त्यसमा एक लाख सत्ताइस हजार बालबालिकाको जिवन उच्च जोखिममा रहेको छ । हरेक साल बाह्र हजार महिला र बालबालिकाहरु ओसार पोसार तथा तस्करी हुन्छ त्यस मध्य बिस प्रतिशत बालबालिका सोह्र वर्ष मुनिरहेको पाइन्छ । त्यस्ता बाल बालिकाहरुमा घरेलु कामदार, कोही कार्पेट कलकारखानामा, सर्कसमा, जवरजस्ती विवाह, बेश्या बन्नको लागि तस्करी गरेको पाइन्छ । नेपालमा जहिले पनि बढी भन्दा बढी मानव अधिकारका, लैगिंक अधिकार, जात जातिका अधिकार, बालबालिकाको अधिकार र राष्ट्रियताको कुरा हुने गर्दछन तर त्यसको कार्यवयन पक्ष भने फितलो छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %