विनोद रखाली मगर
भाद्र २९, गल्याङ् – “वालवालिकाका कुरा सुनौ, वाल दुव्र्यवहार अन्त्य गरौं ” भन्ने मुल उद्धघोषका साथ बाल क्लव ,गल्याङ् भू.पू सैनिक माध्यामिक विद्यालयको आयोजनामा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
राष्ट्रिय वाल दिवशको अवशर पारी विद्यार्थीहरु वालवालिका सम्वन्धि विभिन्न प्ले कार्ड , व्यानर सहित विहान गल्याङ् वजार परीक्रममा समेत गरेका थिए । कार्यक्रमको उद्धघाटन गर्दै विद्यालयका कार्यकारी प्रध्यानध्यापक गोपाल गाहा मगरले निमार्णधिन सविंधानमा वाल दिवशले वालवालिकाको अधिकार सुनिश्चत गर्न महत्वपूर्ण भुमिका खेल्नेमा जोड दिएका थिए । गाहाले आजका वालवालिका लाई उपयुक्त शैक्षिक वातावरणको अभाव भएको भन्दै समाजले वालवालिकाका आवश्यकता र रुचिलाई वुझ्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अतिरिक्त क्रियाकलाप प्रमुख तथा वाल क्लवका शिक्षक नायक विनोद रखाली मगर , जुनियर रेडक्रस सर्कलका शिक्षकम नायक झविन्द्र पाण्डे , जुरेशका अध्यक्ष कविता सारु मगर , विद्यार्थी राधा भट्टराई लगाएतले वालवालिका विभिन्न पक्षका वालरेमा वोलेका थिए ।
“ट्यालेन्ट शो ” कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका करिव ३० जना विद्यार्थीहरुले आफ्ना साङ्गितिक प्रस्तुती, गायन, नृत्य, अभिनय तथा विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । वाल क्लवका सह सचिव सुनम थापा मगरको स्वागत सङ्गै सुरु भएको कार्यक्रममा उपाध्यक्ष सविना थापा मगरले धन्यवाद मन्तव्य र क्लवका सचिव प्रविण अधिकारी तथा मिना सारु मगरले कार्यक्रमको सन्चालन गरेका थिए । कार्यक्रम वाल क्लवका अध्यक्ष सुरज थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
