लायन्स् क्लब अफ लुम्विनी बुद्धद्धारा दाङ्गका बाढी पिडितलाई सहयोग

Read Time:4 Minute, 7 Second

दिल प्रसाद थापा

सेवा नै धर्म भन्ने मुल मर्मका साथ लायन्स क्लब अफ लुम्बिनी बुद्धले दाङ्गको डुरुवा गाविस वडा नं. ८ का बाढी पिडितलाई शनिबार प्रत्यक्षरुपमा भेटी बाल मितेरी उच्च मा.विको प्रङ्गणमा राहत वितरण गरेको छ ।

कक्षा ६ मा अध्ययरत शर्मिला मगरले रातीको खाना खाएर निदाउन नभ्याउदै अचानक बाढी आउदा सपरिवार र आफ्नो ज्यान जोगाउन सफल भएकी थिइन तर उनको घर खेत सबै बाढीले बगाए पछि उनले पढ्ने कापी किताब पढ्ने र लेख्ने हात अब सहयोगको लागि माग्ने अवस्थामा आएको छ । उनकी आमा बुवा ज्याला मजदुरी गर्ने गर्दछन । यस्तै अर्को पिडा पोख्न भ्याउछीन अमृता वि.क. उनले आफ्नो जिवन यापनको लागि तथा बाल बच्चाको पढाउनको लागि खर्च जुटाउन भर्खरै केही महिना अगाडी सानो पसल खोलेकी थिएन । त्यो रातमा सबै बाढीले बगाएर लगेको, हतार हतार बच्चा रोइरहेको अवस्थामा उनीहरुलाई बोकेर भाग्दै बच्न सफल भएको बताइन । त्यस पछि चार दिन सम्म भोकै बस्न परेको दुखेसो पोखिन । उनले अबको दिनमा कहा बस्ने हो भन्ने चिन्तामा रहेको बताई । त्यस क्षेत्रको बाढी पिडित मध्य उनी एक प्रतिनिधी पात्र मात्र हुन । अहिले त्यसमा क्षेत्रमा ३५ घर परिवार बाढी पिडित रहेका छन । उनीहरु अहिले स्थानिय बाल मितेरी उच्च मा विको जग्गामा बस्नको लागि व्यस्थापन गरिएको छ ।

राहत वितरण कार्यक्रममा डुरुवा गाविसका सचिव एवम् राहत वितरण का संयोजक चन्द्र प्रकाशका अनुसार विभिन्न संघ सस्था बाट सहयोग भइरहेको र अहिले बाढी पिडितहरुलाई अहिले खाना पकाउने भाडा तथा ओड्ने कपडाको समस्या रहेको बताए । पिडितहरुका बचेका जग्गाको लागि विउ विजन आवश्यक रहेको बताए । त्यस्तै नेपाल पत्रकार महासघ दाङ्ग जिल्लाका सदस्य प्रसान्त महतले लायन्स क्लब अफ लुम्बिनी बुद्धले प्रत्यक्ष रुपमा बाढी पिडितलाई राहत सहयोग वितरण गरेको मा धन्यवाद दिएका थिए । उनका अनुसार दाङ्गमा मात्र ५०० घर बाढी पिडित भइ विस्थापीत भएको अवस्थामा पिडितका लागि दाङ्ग जिल्लामा मात्र १९ लाख रुपैया संकलन भएता पनि बैकमा रहेको तर कतै पनि राहत वितरण नभएको बताए ।

केही दिन अगाडि सोही क्षेत्रको बाढी पिडितका लागि क्लबले बुटवलको विभिन्न क्षेत्रमा राहत संकलन गरेका थिए । सो बाढी पडित राहत संकलन कार्यक्रमबाट ८० हजार रुपैया , तिस हजार रुपैया बराबरको जिस्सी सामान जुटाउन सफल भएको थियो भने जम्मा एक लाख दश हजार बराबरको राहत वितरण गरेको थियो । त्यस पछि क्लबले सम्पुर्ण रकमको समाग्री चामल दाल , नुन , तेल , विस्कुट , कपडा, जुत्ता , चप्पल लागयत अन्य उपयुक्त खाद्यन्न वस्तुहरु वितरण गरिएको थियो । सो राहत वितरण कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष अकन थापा मगर(अमर) ले गरेका थिए भने कार्यक्रम संचालन क्लबका सचिव नविन थापा मगरले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %