संघीयता सहीतको संविधानको लागि जनदवाव आवश्यक-अध्यक्ष थापा

Read Time:3 Minute, 33 Second

गोविन्द घर्ती
रुपन्देही भद्रौ २८,पहिचान सहीतको संघीयता, संघीयता सहीतको संविधानको लागि जनदवाव आवश्यक रहेको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाले बताएका छन । यथास्थितीवादी शक्तिहरु अग्रामी संविधान, पहिचान सहीतको संघीयता, लोकतान्त्रिक गणतन्त्र र धर्मनिपेक्षता संस्थागत नहोस भन्ने कसरतमा लागेको आरोप लगाएका छन । अध्यक्ष थापाले संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षतालाई संस्थागत गर्न परिवर्तनकारी संघीयता पक्षधर शक्तिहरु एकजुट हुनु पर्ने अवस्था आएको बताएका थिए । कपिलवस्तुको तौलिहवामा शुरु भएको राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य परिषदको ऐतिहासिक प्रथम अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष थापाले उक्त कुरा बताएका हुन । श्रम तथा यातायात व्यवस्था पुर्वमन्त्री समेत रहेका थापाले भ्रष्टचारीलाई मृत्युदण्ड सरहको सजाय संविधानमा उल्लेख नगर्दा सम्म देशमा भ्रष्टचार निर्मुल नहुने बताए । अध्यक्ष थापाले मुलुकको राजनैतिक स्वरुप परिवर्तन विना देशमा विकास हुन नसक्ने ठोकुवा गरेका थिए । राष्ट्रिय जनमुक्ति पार्टीले १२ वटा संघीय प्रदेश सहीतको संघीयताको कुरा उठाउने पहिलो पार्टी भएको अध्यक्ष थापाको दावी थियो । सोही कार्यक्रममा बोल्दै पार्टीका महासचिव केशव सूर्यवशीले संघीयताको पक्षमा जनतालाई संगठित र परिचालित गर्न पार्टीले संघीयताको अवधारणालाई अगाडि लैजान लागेको बताए । अधिवेशन मुल तयारी समितिका संयोजक तथा पार्टीका संघीय परिषद सदस्य लक्ष्मी सारुको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा राष्ट्रिय दलित मोर्चाका केन्द्रीय अध्यक्ष रामु परियार, संघीय परिषद सदस्य होमाया गुरुङ्ग, संघीय सदस्य डा.मोहमत हसन, पार्टीका रुपन्देही अध्यक्ष झमबहादुर गुरुङ्ग, राष्ट्रिय युवा मोर्चा लुम्विनी राज्य परिषद अध्यक्ष दलबहादुर थापा लगायतले आ–आफना भनाई राखेका थिए । नागेन्द्र चौधरीको स्वागत र तिलबहादुर झेडीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम पुर्व कपिवलवस्तु तौलिहवाको विभिन्न स्थानबाट ¥याली निकालीएको थियो । महाधिवेशनमा १ सय ५० जना प्रतिनिधि र ५० जना पर्यवेक्षकको सहभागिता रहेको छ । वन्द कपिलवस्तुको तौलिहवामा बन्दसत्र शुरु हुने र नयाँ कार्यसमिति चयन गर्ने आयोजकले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %