उत्कृष्ट तमु बिद्यार्थी सम्मान तथा बृहत तमु सास्कृतिक कार्यक्रम

Read Time:3 Minute, 4 Second

गोविन्द घर्ती
देवदह भदौ २८, आदिवासी जनजातिहरुले आधुनिक शिक्षालाई आत्मसाथ गर्दै हरेक कुरामा अग्रसर हुनु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । बिद्यार्थी भविष्यको कर्णधार भएकाले बिद्यार्थी अवस्थामा नै लगनशिल भएर अघि बढ्नुपर्ने उनीहरुले बताएका छन् । देबदह ६ आदर्शनगरमा भएको उत्कृष्ट तमु बिद्यार्थी सम्मान तथा बृहत तमु सास्कृतिक कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष सन्तराम चौधरीले शिक्षामा जोड दिन नसकेका कारण आदिवासीहरु हरेक कार्यहरुमा अगाडी बढ्न नसकेको बताए । अध्यक्ष चौधरीले आदिवासी जनजातिको मुल मुद्धाहरुलाई अहिलेको संविधानमा नसमेटिए आदिवासी जनजातिहरु आन्दोलित हुने चेतावनी समेत दिएका थिए । खेमा तमु छोजं धीं देबदहका अध्यक्ष थमन सिंह तमुको अध्यक्षता, भएको कार्यक्रममा तमु ह्युल छोजं धींका पुर्व केन्द्रिय सचिव भिम तमु, परिषद जिल्ला समिति रुपन्देहीका सचिव दिपक गुरुङ्ग, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहा, नेपाल तमु बिद्यार्थी छोजं धींका अवध राज्य संयोजक टम तमु, नेपाली काग्रेस देवदहका नगर संयोजक दुर्गा बहादुर राना, नेकपा एमालेका देवदह सचिवालय सदस्य विद्यालक्ष्मी गुरुङ्ग, देवदह साप्ताहिकका सम्पादक राम बहादुर गुरुङ्ग लगायतले बोल्दैे बिद्यार्थीहरुलाई सम्मान मात्र नगरी रचनात्मक तथा सामाजिक क्रियाकलापमा पनि अग्रसर गराउनुपर्नेमा जोड दिएका थिए । खेमा तमु छोजं धीं को आयोजना तथा खेमा तमु युवा छोजं धींको सह–आयोजनामा भएको कार्यक्रममा खेमा तमु युवा छोजं धींका अध्यक्ष सन्जु गरुङ्गको स्वागत, अस्मिता गरुङ र विश्व गरुङको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा प्रवेशिका परिक्षा एसएलसी २०७०मा उत्तिर्ण भएका देवदह क्षेत्रका तमु विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै तमु संस्कृति झल्कने सास्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %