अबैध रुपमा बिक्रिबितरण भैरहेको सुर्तिजन्य पर्दाथहरुलाई जफत गरी नष्ट गरियो

Read Time:2 Minute, 9 Second

देब पचभैया

पाल्पा, भाद्र २७ – अबैध रुपमा बिक्रिबितरण भैरहेको सुर्तिजन्य पर्दाथहरुलाई जफत गरी जिल्ला प्रशासन कार्यालय पाल्पाले आज नष्ट गरेको छ ।  पाल्पाको भैरबस्थान र खस्यौली गाबिसको हार्थोक बजारबाट दुई बोरा बढी अबैध सुर्तिजन्य पदार्थ नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी निरन्जन ज्ञवालीले जानकारी दिए ।

सरकारले तोकेको सुर्तिजन्य पर्दाथ नियन्त्रण तथा नियमन गर्ने ऐन,नियम तथा निर्देशिका २०६८ विपरित खतरामुलक सन्देश नछापिएको लगाएत एैन, नियम तथा निर्देशिक अनुसार विक्रि वितरण भैरहेकाले सुर्तिजन्य पर्दाथ जफत गरिएको र त्यस्ता ब्यापारीलाई पनि कारबाही गरिने ज्ञवालीले जानकारी दिए ।

ऐन प्रवाभकारी कार्यान्वयका लागि जिल्लाका सवै संचार माध्यमवाट सुचना प्रकासन र प्रशारण गरिएको र आबश्यकता अनुसार सरोकारवालाई सचेतना गराईएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख झलक शर्माले जानकारी दिए ।

सुर्तिजन्य पर्दाथ नियन्त्रण तथा नियमन गर्ने ऐन,नियम तथा निर्देशिका २०६८ले सार्वजनिक स्थलमा चुरोट,विडि,गुट्खा,सुल्फा,कक्कड आदीको सेवनमा रोक तथा सुर्तिजन्य प्रदार्थको प्याकेटमा ७५ प्रतिशत खतरामुलक सन्देशको चित्र छापिएको हुनुपर्ने उल्लेख छ । यदि कानुनमा व्यवस्था भएअनुसार नभएमा निरिक्षकले तोकिए अनुसारको जरिवान तथा अन्य दण्डसजाय गर्न सक्ने व्यवस्था छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %