पहिचान सहितको नयाँ संविधान हुनुपर्नेमा थारु आगुवहरुको जोड

Read Time:1 Minute, 57 Second

कमल चौधरी

बुटवल, भाद्र २७- थारु कल्याणकारिणी सभा रुपन्देहीको शुक्रबबर भैरहवामा भएको आठौ जिल्ला अधिबेशनमा बोल्दै पहिचान सहितको नयाँ संविधान हुनुपर्नेमा थारुअगुवाहरुले जोड दिएका छन् ।

थारु कल्याणकारिणी सभा रुपन्देहीका जिल्ला अध्यक्ष देवी प्रसाद चौधरीको अध्यक्षता, उपाध्यक्ष रामबलि चौधरीको स्वागत र सचिव सचित चौधरीको संचालनमा भैरहवा आदिवासी जनजाति समुदायका हक अधिकार सुनिश्तिताको लागि जुनसुकै हलतमा भएपनि संविधान बन्नुपर्नेमा जोड दिएका दिए ।

उनीहरुले राज्यमा अलिमुलुहाली गर्ने शासकहरुले आदिवासी जनजाति, उत्पीडित, महिला, मधेशी, मुस्लीम समुदायको अधिकार सुनिश्चित हुने भएकोले संविधान निर्माण नगरेको अरोप लागए । उनीहरुले अब जुनसुकै हलतमा भए पनि माघ ८ भित्रै संविधान सभाबाटै नयाँ संविधान निर्माण गर्नुपर्नेमा जोड दिए ।

उक्त आठौ जिल्ला अधिबेशनमा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य अष्ठ भुजा चौधरी, सभसाद् योगेन्द्र थारु, काग्रेसका दिपक क्षेत्री, नेकपा एमलेका जिवनलाल अर्याल, एकिकृत मओवादीका उमेश खनाल, एकिकृत–मओवादीका नाथु थारु, थारु नेता पुरान सिंह थारु लगाएतले शुभकामना मनतव्य राखेका थिए । भने आदिवेशनको लागि बन्द शत्र भोली हुने चन्द्रमन चौधरीले जनकारी गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %