पश्चिमान्चलको अोधोगिक क्षेत्र बुटवल

Read Time:9 Minute, 5 Second

कमल चौधरी

बुटवल – पश्चिमाञ्चल विकास क्षेत्रको मुलद्वारको रुपमा रहेको नेपालको प्राचीन एवं ऐतिहासिक केन्द्र बुटवल नगर लुम्बिनी अञ्चल, रुपन्देही जिल्लाको उत्तरी सिमानामा अवस्थित छ । यस ठाउँसंग गासिएका ऐतिहासिक गौरव गाथाले यस नगरको गरिमालाई अझ बढी महत्वपुर्ण तुल्याएको छ । देशका प्रमुख राजमार्गहरु महेन्द्र राजमार्ग तथा सिद्धार्थ राजमार्गको संगम स्थलका साथै २५ कि.मि.दक्षिणमा रहेको भारतीय नाकाको कारणले गर्दा औद्योगिक, ब्यापारिक तथा अन्य विकासहरुका लागि पनि यस बुटवल नगरको राष्ट्रिय स्तरमै महत्वपूर्ण स्थान रहेको छ । यसरी यस जिल्लालाई विशेष गरी एउटा नेपलको नमुना औद्योगिक शहरको रुपमा पनि चिनिने गरिन्छ । यहाँ सानो ठुलोगरी हजारौको संख्यमा उद्योगधन्धहरु संचालित छन् । आज यस्ता ठुला साना उद्योगहरुले गर्दानै रुपन्देही जिल्लाको नाम औद्योगिक क्षेत्रको हिसाबले अग्रपक्तिमा आउँने गर्दछ । तर नेपालमा जुन किसिमले उद्योग धन्धाको विकास हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । रुपन्देही उद्योग संघका जिल्ला अध्यक्ष बोनिन पियाले राज्यले लेडसेडीङ्ग मुक्त घोषणा ग¥यो भने उद्योगधन्धमा तिब्र रुपले गतिलिन सक्ने र मुलुकको विकास गर्न सक्ने बताउछन । पियाले नेपालमा औद्योगिक क्षेत्रहरुमा लगानीगर्न हजारौको संख्यमा लागनिकर्ताहरु भएपनि देशमा लगानिमैति बातावरण नभएको हुदाँ यसरी जुन रुपमा उद्योग धन्धाले फडको मार्नुपर्नेहो, त्यो हुन नसकेको बताउँछन । पियाले बार्षिक कार्यक्रम बमोजिम उपाध्यक्ष गणेश प्रसाद अधिकारीको संयोजनमा २७ जनाको टोली भर्खरै मात्रै ७ दिने भारत(गुजरात) औद्योगिक भ्रमण बाट अफूले ठूलो उपलब्धि हासिल गरेको बताउदै अब अाफूहरु ५०/६० करोडको लगानीमा नेपालमा नै कागज उद्योग निर्माण गर्ने सोचरहेको बताएका छन । बोनिन पियाले आफूहरु भर्खरै गुजरात औद्योगीक शहरको बर्णन गर्दै भारतीय प्रधानभन्त्री नरेन्द्र मोदीले अवलम्बन गरेको हिटको सिद्धान्तका साथ जुन रुपमा गुजराज विकास भएको छ, त्यही स्वारुप गुजरातको औद्योगिक विकास , प्राकृतिक सौन्दर्यता र भौगोलिक बनावट विश्वकै एउटा नमुना औद्योगीक शहरको रुपमा परिचित रहेको बताएका थिए । उहाँले भन्नुभयो – हामी नेपाली प्राकृतिक श्रोत र साधनलाई सही प्रयोग गर्न सकिरहेका छैनौं । भएका उद्योगधन्धाहरु पनि सही रुमा परिचालन गर्न सकिरहेका छैनौं । पशुपति स्पेनिङ्ग, बुटवल धागो कारखाना जस्ता उद्योगहरु अहिले बन्द रहनु हामी नेपालीका लागि दुर्भाग्य हो । यी उद्योगहरुलाई राज्यले सुचारु गर्नु पर्ने बताउदै कमसेकम उद्योगधन्धमा लगानी कर्ताहरुलाई लोडसेडीङ्ग मुक्त, यातायात तथा मजदुरको उचित व्यवस्था गरिदुनुपर्ने बताए । त्यस्तै जुन रुपमा गुजरात सरकाररले अर्गानिक अर्गानिक कृषि खेती क्षेत्रमा ५५ प्रतिशत राहत सहयोग प्रदान गरेको छ । त्यस्तै नेपाल सरकारले अर्गानिक कृषि खेतीमा सहयोग र राहत गर्ने हो भने औद्योगिक क्षेत्रमात्र नभएर कृषिक्षेत्रमा पनि विकास गर्न सकिने बताएका छन । उहाँले भन्नुभयो –“हाम्रो नेपालमा कार्यन्वयनको कुनै टुंगो छैन । विदेशीहरुले जुन काम गर्छु भन्छ त्यो काम गरेरै छाड्छ । त्यसैले कुरा भन्दा कामको खाचोँ हुन्छ ।” बुटवल मण्डपको निर्माणका लागि धेरै बर्ष देखि चर्चा रहेपनि कार्यान्वयको कुनै टुंगो नभएको भन्दै पियाले समृद्ध नेपालको लागि कुरा भन्दा कामको खाचो रहेको बताएका छन । गुजरात भ्रमणको क्रममा रुपन्देही उद्योग संघ र गुजरात चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रि बीच सम्झौत पत्रमा हस्ताक्षर भएको बताए । अब दुवै संस्थाले एक अर्काबीचको सम्बन्ध विस्तार गर्ने, औद्योगिक एवं व्यवसायिक विकासका लगि हातेमालो गर्दै समन्वयनात्मक ढंगाले आगाडी बद्ने प्रतिबद्धताका साथ दुबै सस्थाका अध्यक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेको बताएका छन । त्यस्तै हस्ताक्षमा व्यापार तथा लगानी उद्योग यातायात, पर्यटन, कृषि, उर्जा, शिक्षा निर्माण लगायतका क्षेत्रमा गुजरात सरकारले सहयोग गर्ने अध्यक्ष बोनिन पियाले विहिबार भएको पत्रकार सम्मेलनमा जनकारी गराएका थिए ।

त्यस्तै रुपन्देही उद्योग संघका निवार्तमान अध्यक्ष तेज कुमार पाठकले नेपालको समग्र विकासको लागि औद्योगिक क्रान्ती हुनपर्ने बताउँछन । देश संक्रमण कालीन आवस्थामा गुर्जिरहेको हुदाँ देशमा जुन रुपमा उद्योग धन्धाहरुको विकास हुनुपर्नेहो त्यो हुन नसकेको बताउँदै चादैनै राजनितिक दालहरुले देशलाई निकास दिनुपर्ने बताएका थिए । विकासको लागि सर्वप्रथम राजनितिक स्थिरता र लगानीमैत्रि बातावरण हुनुपर्ने नेपाल पत्रकार महासंघ रुपन्देही जिल्ला अध्यक्ष शेर बहादुर केशीले बताए । यदी मुलुकमा लगानीमैत्रि बातावरण र राजनितिक स्थिरता भयो भने देशलाई दक्षिण एशियको नमुना औद्योगिक शहरको रुपमा विकास गर्न सकिने बताए । यदी नेपालीहरु पनि प्राकृतिक श्रोत र साधनलाई सही प्रयोग गर्दै लाग्यौ भने आवश्य नै गुजरात मात्र होइन नेपाललाई विश्वको नमुना देशको रुपमा चिनाउन सक्छौं । यहाँ विभिन्न किसिमका प्रकृतिक सम्पदाहरु छन् । विभिन्न जातजाति, भाषा, धर्म संस्कृतिको आ–आफ्नै रितिरिवाज पराम्परा छन्, ती सम्पूर्ण ऐतिहासिक पराम्पराको विकास गर्न सक्यौ भने अवश्यनै हाम्रो देश नेपाललाई विश्वमा नै चिनाउँन केही समय लाग्दैन । त्यस्तै विश्वमा नै जलश्रेतको धानि देश छ । यसलाई नेपालमा मात्र लेडसेडीङ्ग मुक्त मात्र होइन यसलाई विदेशमा पनि निर्यात गर्न सकिन्छ । त्यस्तै भगवान बुद्धको जन्मस्थल, लुम्बिनीमा पनि सम्भावना छ । त्यसरी हाम्रो देशमा संभावना नभएका होइनन् तर विडम्बना इच्छा शक्ति नभएसम्म उपलब्धी हासिल गर्न सकिदैन । लुम्बिनीको विकास सही दंंगले गर्न सकिएमा मात्रै नेपाली अर्थतन्त्रे टुलो फड्को मार्न सक्छ । त्यसैले स्रोत र साधनहरुको सहि सदुपयोग गरेर रुपन्देही जिल्ला मात्र नभई समग्र मुलुकको विकासको लािग अब नयाँ राणनिति, नयाँ कार्ययोजना र जनताले चहेको संविधान समयमा नै निमार्ण गरी विकासको गतिमा अघि बढनु आवश्यक छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %