नेतृत्व हडप्न जिल्ला घुम्दै लोहनी

Read Time:4 Minute, 49 Second

सुर्यबहादरको निर्देशनमा काम गर्नु पार्टीको दास हुने जिकिर ।

देब पचभैया

पाल्पा, भाद्र २६ – राप्रपा पार्टी अध्यक्ष मण्डलका सदस्य डाक्टर प्रकाश चन्द्र लोहनीले महाधिबेशनले पारित गरेको कुरालाई ब्यवहारमा लागु नगरे राप्रपा समाप्त हुने चेतावनी दिएका छन् ।  पार्टीको महाधिशेनमा नेतृत्वको लागी चार नेताबिच आलोपालो गर्ने सहमति भएपनि सुर्यबहादुर थापा र पशुपति शमशेर राणा मिलेर पार्टी कब्जा गरी पार्टीको प्रजातान्त्रिक अभ्यासलाई तहस नहस बनाएको उहाले आरोप छ ।

कार्यकर्ता जागरण अभियानको लागी बिहिबार तानसेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले सुर्यबहादुरको निर्देशनमा काम गर्नु पार्टीको  दास बन्नु हो भनेका थिए ।

पार्टी नेतृत्वका लागी सुर्यबहादुर, लोकेन्द्र चन्द, पशुपतिशमशेर र आफुले पालै पालो पार्टीको नेतृत्व गर्न महाधिबेशनले म्यान्डेट दिएपनि अहिले सुर्यबहादुर र पशुपतिले महाधिशेनमा भएको सहमतिको  चिठ्ठी खोजेर बखेडा झिकेको आरोप लगाए ।

म्याईन्युटबुकमा लेख्नुपर्ने कुरालाई चिठ्ठी माग्नु गलत छ, उनले भने , कार्यकर्ताले पनि जिल्ला बाट दबाब दिनुपर्र्यो । ”

१५ महिना सम्म पनि केन्द्रिय कमिटिको बैठक बसाल्न नसक्नेले पदमात्रै ओगट्नु दुखद भएको उनको भनाई छ ।

संबिधान बन्ने अहिलेसम्म कुनै छाटकाट नभएको भन्दै संबिधान निर्माणको लागी ६०१ सभासदको आबश्यकता नरहेको उहाको भनाई छ । तालीपिट्न र दश, बाह्र जनाले बनाएको संबिधानमा सही ठोक्ने मात्रै अरु सभासदको काम भएको लोहनीले जिकिर गर्नुभयो । नामको अगाडि माननिय मात्रै थपिन्छ, आफु सभासद हुदाको प्रसंग कोट्याउदै उहाले भन्नुभयो , हाम्रो पालामा मासिक ४०,५० हजार तलब थियो अहिले बढाएर ७०,७५ पुर्याएका छन्, बस त्यत्तिमात्रै फरक हो ।

पुर्ब अर्थमन्त्री समेत रहनुभएका डाक्टर लोहनीले भारत सरकार संग हुन लागेको उर्जा ब्यापारको संझौता ठिक भएपनि भारतिय एक कम्पनी संग गर्न लागीएको उर्जाबिकास संझौता बेठिक भएको दाबी गरे ।

कार्यक्रमलाई संबोधन गर्दे पुर्ब महामन्त्रि धु्रब प्रधानले केन्द्रको बिवादले गर्दा पार्टी कमजोर बनेको बताउनुभयो । संबिधान सभाभन्दा माथि कोही नहुने भन्दै प्रधानले दुईचार दलका नेताले बनेको संयन्त्रले केही गर्न नसक्ने ठोकुवा गरे ।

जागरण अभियानको लागी आएका जिल्ला नेताहरुले भने तत्काल केन्द्रिय कमिटिको बैठक बोलाएर समस्याको गाठो फुकाउन माग गरेका छन् । केन्द्रिय कमिटिको बैठक बोलाउनुस, राप्रपा पाल्पाका अध्यक्ष डुल बहादुर कुवरले भन्नुभयो, नत्र बिशेष महाधिबेशन बोलाउनुस को नेतालाई कहा ठेगान लगाउनुपर्छ हामीले जानेका छौ ।

पार्टी नेतृत्वको झगडाले जिल्लामा कार्यकर्ता संग जान नसकिएको  भन्दै नवलपरासीका जिल्ला  सदस्य सन्तोश पाण्डे, केन्द्रिय सदस्य जगत गौचन, युवा संगठनका धु्रब रायमाझी, बिधार्थी तेता प्रेम बलाय लगाएतले तत्काल केन्द्रमा भएको बिबाद मिलाउन आग्रह गरेका छन् । दाङ्ग बाट पाल्पा आएको जागरण अभियानको टोली आजै काठमाण्डौ फर्किएको छ ।

राप्रपा पाल्पाका अध्यक्ष डुल बहादुर कुवरको सभापतित्व, हरी बस्यालको संचालनमा  सम्पन्न कार्यक्रममा रेवन्त बिष्टले पाहुनाहरुलाई स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %