लक्ष्मी टेलिभिजन सम्मानित
विनोद रखाली मगर
स्याङ्जा , भाद्र २६ – स्याङ्जा जिल्लामा क्रियासिल लायन्स क्लव को सयुंक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
होटल भेनस वालिङ्मा भएको पदस्थापन कार्यक्रममा पदस्थापन अधिकृत लायन्स क्लव अफ ३२५ वि १ एम्. जि.एफ्. लायन भुगोल शेरचनले लायन १३ – १४ वाट १४ – १५ मा पदस्थापन भएका लायन्स क्लव अफ वालिङ् सिटीका अध्यक्ष लायन सरस्वति तिवारी , लायन्स क्लव अफ गल्याङ् सिटीका अध्यक्ष लायन डोल प्रसाद खरेल , लायन्स क्लव अफ स्याङ्जाका अध्यक्ष लायन हिक्मत श्रेष्ठ लाई सयुंक्त रुपमा पदस्थापन गरिएको हो । पदस्थापन कार्यक्रममा लायन्स क्लव पि.एम् सी.सी. प्रेम वहादुर श्रेष्ठ, पि. एम्. जे.एफ्.ध्रुव वहादुर थापा , प्रथम भाइस ड्रिस्ट्रीक गर्भनर, रिजनल चिअर प्रसन उमानाथ वराल लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
यसै विच स्याङ्जा जिल्लाकै पहिलो टेलिभिजन तथा पश्चिमान्चलकै उत्कृष्ट टेलिभिजन लक्ष्मी टेलिभिजन लायन्स क्लव अफ स्याङ्जा , लायन्स क्लव अफ वालिङ् सिटी , लायन्स क्लव अफ् गल्याङ् सिटीद्धारा जिल्लामा लायन्स क्लवका विभिन्न गतिविधि तथा कार्यक्रमलाई प्रचार प्रसारमा महत्वपूर्ण योगदान पुर्याएकाले सम्मानित भएको छ । लायन्स क्लवका ३२५ वि १ एम्. जि.एफ्. लायन भुगोल शेरचनले लक्ष्मी टेलिभिजनलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।
लायन्स क्लव अफ् वालिङ् सिटीका चार्टर प्रेसिडेन्ट जलेश्वर पाण्डेको स्वागत सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन लायन्स क्लव अफ् गल्याङ् सिटीका १३–१४ सचिव लायन ओम थापा मगर को सन्चालन र लायन्स क्लव अफ् वालिङ् सिटीका अध्यक्ष कविता गैह्रेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
