र्याफ्टिङ् द्धवारा आधिँखोला जलयात्रा स्थलगत अध्ययन सुरु ,
विनोद रखाली मगर
स्याङ्जा , भाद्र २४ – आधिँखोला किनार वासीले घर छेउमै र्याफ्टिङ उर्लिछ भन्ने सायद सोचेका थिएनन् होला ।

स्याङ्जा जिल्लाको उपनाम प्रसिद्ध आधिँखोलाको पानी , माछा र सुन्दरता विभिन्न गित सङ्गीत, चलचित्र , साहित्यमा खुराक वन्दै आएको थियो, अव ति सङ्गै पर्यटन विकाशमा खुराक वन्ने भएको छ र्याफ्टिङ व्यवसाय , जिल्ला पर्यटन विकाश समिती स्याङ्जाको सक्रियतामा मङ्गलवार पुतलिवजार नगरपालिका पुतलिखेत देखि वालिङ् नगरपालिका मालेवगर सम्म झण्डै २० किलो मिटर दुरि रहेको आधिँखोलामा र्याफ्टिङ सन्चालनार्थ परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला पर्यटन विकाश समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठको अगुवाईमा सुरु भएको आधिँखोला र्याफ्टिङ अध्ययन तथा सम्भावना परिक्षण र्याफ्टिङमा जिल्ला उधोग वाणिज्य संघ स्याङ्जाका प्रथम उपाध्यक्ष मोति प्रसाद पौडेल , जिल्ला विकाश समिति स्याङ्जा का सामाजिक विकाश अधिकृत थानापति न्यौपाने , रेडियो स्याङ्जाका स्टेशन म्यानेजर रमेश गोदार , लक्ष्मी टेलिभिजनका समाचार प्रमुख विनोद रखाली मगर , कारोवार दैनिकका हरि प्रसाद अर्याल लगाएतको टोलीले आधिँखोलामा र्याफ्टिङको अध्ययन अवलोकन तथा सम्भावनार्थ खोजि गरेको हो ।
विहान ९:३० वजे पुतलिखेत देखि सुरु भएको र्याफ्टिङ टोलि करिव १ :३० वजे वालिङ् मालेवगरमा आपुगेको थियो । स्याङ्जा जिल्लामा ग्रामिण पर्यटकिय स्थल , कृषि पर्यटकिय स्थल , एतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटकिय स्थल मार्फत आन्तरित तथा वाह्य पर्यटन फस्ताउदै गएको अवस्थामा जिल्ला पर्यटन विकाश समितिले आधिखोला जलयात्रा तथा र्याफ्टिङ पर्यटन विकाशको अध्ययन तथा सम्भावना खोतल्न सुरु गरेको हो ।
जिल्ला पर्यटन विकाश समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले आधिँखोलाको धेरै विशेषता हुदा हुदै पनि जलयात्रा र्याफ्टिङले आधिखोलाको सौन्दर्यता र पर्यटन आगमनलाई वृद्धि गर्न महत्वपूर्ण टेवा पुर्याउने जनाउदै आधिँखोलाको स्थलगत अध्ययन र्याफ्टिङ वाटै सुरु गरिएको वताए । श्रेष्ठले आधिँखोलामा र्याफ्टिङ सन्चालन गर्नको लागी जिल्ला पर्यटन विकाश समिति सक्रिय पूर्वक लाग्ने उद्ध्घोष गर्दै स्थलगत अध्ययन सफल भएको दावि गरे । यता स्याङ्जा जिल्ला उधोग वाणिज्य संघका प्रथम उपाध्यक्ष मोति प्रसाद पौडलले स्याङ्जाली उधोगीहरुले आधिँखोलामा र्याफ्टिङ सन्चालन लगानी गर्न कुनै कन्जुस्याई नगर्ने जिकिर गर्दै र्याफ्टिङ सफल हुने प्रति आफु ढुक्क रहेको वताए ।
जिल्ला विकाश समिति स्याङ्जाका सामाजिक विकाश अधिकृत थानापति न्यौपानेले कालिगण्डकी नदिमा र्याफ्टिङको अनुभव वटुलेको वताउदै आधिँखोलाको र्याफ्टिङले नयाँ उर्जा मिलेको जनाएकाछन् । न्यौपानेको भनाइ अनुसार स्याङ्जा जिल्लाको सस्ंकृती, अन्य पर्यटकिय स्थलहरुको प्रवद्धन र विकाशमा पनि आधिँखोला र्याफ्टिङले मलजल दिने दावी गरे ।
स्याङ्जा को पुतलिवजार नगरपालिका , वाड्खोला भन्दा केही तल पुतलीखेत देखि वालिङ् नगरपालिका मालेवगर सम्मको आधिँखोला र्याफ्टिङमा आन्तरिक तथा वाह्य पर्यटकले आधिँखोलाको सुसाउदो वहाव , किनार वरिवरीका हरियाली खेतिवालीका फाँट , मनोरम दृश्य , ठाउँ ठाउँमा पौडी खेल्न मिल्ने रह , आधिँखोलाको स्वादिस्ट माछाको स्वाद पनि चाख्न सक्नेछन् । पुतलिखेत देखि सुरु हुने र्याफ्टिङमा स्याङ्जा वजार हुदै राङ्खोला , लाम्पाता , हेलु , वयरघारी, राङ्खोला , मिर्दी हुदै वालिङ् खेल मैदान सम्म झण्डै २ घण्टामा र्याफ्टिङमा यात्रा गर्न सकिनेछ ।
र्याफ्टिङ गाइड जय आलेका अनुसार भाद्र, असोज र कात्तिक महिनामा अन्य क्षेत्रमा र्याफ्टिङ सन्चालन नहुने हुदा सो अवधिमा आधिखोलामा र्याफ्टिङ सन्चालन गर्दा पर्यटन आगमनमा ह्वात्तै वृद्धि हुने आलेको भनाई छ । जिल्ला पर्यटन विकाश समितिले अवको केही महिना भित्रै र्याफ्टिङ् सन्चालन गर्ने तयारी अगाडि वढाउने जिल्ला पर्यटन विकाश समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।
(विनोद रखाली मगर लक्ष्मी टेलिभिजनका समाचार प्रमुख हुन्)
