टुहुरी मुटुरोगी लक्ष्मीलाई अमेरिकाबाट सहयोग

Read Time:2 Minute, 56 Second

देब पचभैया

पाल्पा, भाद्र २२ – बराङ्गदी ५ सापाखुम पाल्पाकी ३८ बर्षिया मुटुरोगी लक्ष्मी कुमारी पांडे मगरलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

अमेरिकामा बस्ने नेपालीहरु बाट संकलित ९० हजार रुपिया तानसेनमा एक कार्यक्रमको आयोजना गरी लक्ष्मी लाई प्रदान गरिएको हो । पिपलडाडा ४ पाल्पा घर भई हाल अमेरिकाको न्यु जर्सीमा बस्दै आउनुभएकी बिष्णु कुमारी रानाको पहलमा अमेरिकामा आर्थिक सहयोग उठाईएको थियो । सबै नेपाली दाजुभाई संगै बिदेशीहरु बाट पनि सहयोग उठाएको बिष्णु रानाले टेलिफोन मार्फत जानकारी दिए ।

सहयोग रकम बिष्णुकुमारीका बुवा ईन्द्र बहादुर राना र मगरमहिला संघ पाल्पाका अध्यक्ष पुष्पादेबी थापाले संयुक्त रुपमा हस्तान्तरण गरे ।   मगरसंघ पाल्पाको कार्यालयमा  भएको कार्यक्रममा बोल्दै मुटुरोगी लक्ष्मी पांडेले आफुलाई अस्पतालले छिटो अप्रेशन गर्न भनिरहेको भएपनि पैसाको अभाबमा अप्रेशन हुन नसकेको जानकारी दिए । सरकारी खर्च सुबिधाको लागी जिल्ला स्वास्थ्यकार्यालयले गरेको सिफारिस लिएर धेरै पटक काठमाण्डौ पुगेपनि त्याहा बाट सहयोग नभएको उनको गुनासो थियो । ठुला बडाका मान्छेहरुले छिटो सुबिधा पाउने रैछन्, उनले भने हामी सिधासाधालाई कसैले वास्ता नगर्नेरैछन् ।

उपचारको लागी अस्पतालले तत्काल ६ लाख आबश्यक हुने बताएपनि अहिले सम्म एक दुई लाख जती सहयोग उठेको लक्ष्मीका आमा तिल कुमारी पांडेले जानकारी दिए । आफु ६० बर्ष नाघेको भन्दै उनले छोरीको उपचारमा सहयोग गरिदिनुहुन सबैलाई आग्रह गरेका छन् ।  

लक्ष्मी पांडेलाई  २०५५ सालमा मुटुको रोग देखापरेको थियो । आम्दानीको स्रोत केही नभएकाले उनलाई गाउले र छिमेकीहरुले चन्दा उठाएर उपचारको लागी काठमाण्डौ पठाएका थिए । बिर अस्पतालमा अप्रेसन गरी मुटुको भल्ब नली काटेर बनाएको र  रोग बल्झिएपछि ६२ सालमा मुटुको भल्ब नलीको अप्रेसन गरी दुई वटा भल्ब खोलेर गंगालाल अस्पतालमा बनाईएको उनले बताए । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %