९ जना घाईते , घाईतेहरुको पाल्पामा उपचार हुदै
देब पचभैया
पाल्पा, भाद्र २१ – शुक्रबार गुल्मीमा भएको जिप दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने नौ जना घाईते भएका छन् ।
सदरमुकाम तम्घास बाट सिर्सेनी जादै गरेको लु १ ज १७३३ नम्बरको जिप जैसीथोक ८ स्थित सिमाघाटको पुलनिर दुर्घटना हुदा बाउला ८ की ५० बर्षिया कुमारी परियारको ज्यान गएको हो । उनको उपचारको क्रममा प्रभास पाल्पामा ज्यान गएको हो । दुर्घटनामा घाईते नौ जनाको पाल्पा स्थित लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको छ । दुर्घटना दिउसो साढे चार बजे भएपनि घाईतेहरुलाई उपचारको लागी बेलुकी साढे ९ बजे मात्रै पाल्पा ल्याईएको थियो । घाईते मध्ये एक जनाको अवस्था गंभिर रहेको अस्पतालले बताएको छ ।
घाईते बाझकटेरी २ की २६ बर्षिया पार्बती बस्याल, ढाई बर्षिया गिता भुसाल, सिर्सेनी ३ की २४ बर्षिया शारदा आचार्य,सिर्सेनी ८ का १९ बर्षिय रोशन कुवर, सिर्सेनी २ की सर्मिला केसी, रजस्थलकी २८ बर्षिया सिता केसी , सिर्सेनी ३ की ६३ बर्षिया कमला बिक, रेसुङ्गा २ का ईश्वरी बिक, धुर्कोटकी शारदा बिक को पाल्पामा उपचार भैरहेको प्रभास चौकीका प्रमुख राजकुमार चापागाईले जानकारी दिए।
जिपबाट हाम फालेर सामान्य घाईते भएका सुर्य बिकका अनुसार उकालोमा जिपले नतानेपछि पछाडि हटेको थियो । जिप सडकबाट झण्डै २० मिटर खोल्सामा खसेको छ ।
