गुल्मीमा भएको जिप दुर्घटनामा ८ जना घाईते

Read Time:57 Second

देब पचभैया

पाल्पा, भाद्र २० – आज बेलुकी गुल्मीको जैसीथोकमा भएको जिप दुर्घटनामा ८ जना घाईते भएका छन् ।

घाईते मध्ये ३ जनाको अवस्था चिन्ताजनक भएको स्थानिय विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

दुर्घटनामा धुर्कोट रजस्थल ६ का शर्मिला केसी, सिता केसी, वाग्लाकी कुमारी परियार, वाँझकटेरीकी पार्वती भुसाल , सिर्सेनीकी शारदा केसी , चालक मधु कुँवरका भाई वुहारी र सिर्सेनीकी कमला बिक घाईते भएका छन् ।

तम्घासबाट सिर्सेनी तर्फ जाँदै गरेको लु १ ज १९७७ नम्वरको जिप जैसीथोक ८ स्थित सिमाहघाट पुल माथीको घुम्तीबाट तल खसेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %