सर्बपक्षिय बैठकले टुङ्गग्यायो छुवाछुटको मुद्धा
देब पचभैया
पाल्पा, भाद्र १६ – कार्यालय प्रमुखले सार्बजनिक रुपमा माफी मागेपछि नेपाल बिधुत्त प्राधिकरण पाल्पा शाखामा भएको छुवाछुतको मुद्धा टुङ्गिएको छ ।
गएको १० गते कार्यालयको बैठक कक्षमा भएको दरखाने कार्यक्रममा कर्मचारी देबी नेपाली र रामकुमारी दमाईलाई अलग्गै राखेर खान दिएकोमा जातिय बिभेद भएको भन्दै जिल्ला प्रहरीकार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिल्लामा रहेका राजनैतिक दल र बिभिन्न संघसस्थाहरु बिच भएको सहमति पछि कार्यालय प्रमुख नवलकिशोर गोईत र आरोपित सुपरभाईजर कृण्ण रानाभाटले कार्यालय परिसरमा आज ( सोमबार ) बिहान माफी मागेका हुन् ।
घटना नियोजित नभई ब्यवहारमा देखिन गएकोमा माफीमागेको कार्यालय प्रमुख गोईत र रानाभाटले जानकारी दिए । प्राधिकरणमा दर्ता चलानी फाटमा कार्यरत देबी र कार्यालय सहयोगी रामकुमारीले दरखाने कार्यक्रममा अन्य साथीहरुले कोठा भित्रै खाएको तर आफुहरुलाई बाहिरै राखेर खान दिएको भन्दै उजुरी दिएका थिए ।
उनीहरुलाई बाहिर पठाउने सुपरभाईजर रानाभाटले भने दरखाने कार्यक्रम भैरहेको बेला अडिटको लागी बाहिरबाट दुई जना पाहुना आएकाले ठाउ नपुगेर उनीहरुलाई बाहिर पठाएको बताएका छन् । त्याहा भएका कर्मचारीहरु मध्ये तल्ला तहका उनीहरुनै भएकाले बाहिर बसेर खान आग्रह गरेको तर छुवाछुटको उदेश्यले नभएको रायमाझीको भनाई छ ।
घटनापछि पटक पटक भएको सर्बदलिय र सर्बपक्षिय बैठकमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने, पाल्पा जिल्ला लाई छुवाछुट मुक्त जिल्ला बनाउन राजनैतिक दलहरुले बिशेष पहल गर्ने सहमति भएको छ ।
पाल्पामा कार्यरत दलित महिला संघ (फेडो) दलित अधिकारका लागी साझा अभियान लगाएतका संघ सस्थाहरुले जातिय भेदभाब तथा छुवाछुत भएको भन्दै घटनाको छानबिन र दोशीलाई कारबाहीकोको माग गरेर आन्दोलन गर्दे आएका थिए ।
