आर के खम्बु
काठमान्डौ , भाद्र १६ – जनजाति ककसको अडानले अन्तत: तिन ठुला दल- ए-माओ बादी ,काङ्ग्रेस एमाले पछी हटेको छ ।
संबिधानको असम्सोधनिय धारामा संघिय लोकतान्त्रिक गणतन्त्र ,धर्म निरपेक्ष , समानुपातिक समाबेसीलाई समाबेश नगरि संबिधान निर्माण गर्ने अडान पास हुनबाट रोक्न जनजाति ककस सफल भएको छ । आजको संबैधानिक राजनीतिक सम्बाद तथा सहमति समितिको बैठकमा बिजय गच्छदार , महेन्द्र यादव ने.का का अमरेस सिंह समेतले हाम्रो साझामुद्दाको लागि संयुक्त मन्च (ककस ) लाई समर्थन गरेपछी यो धारा पछी छलफल हुने गरी स्थगित भएको हो ।
त्यस्तै आगामी बन्ने संबिधानको नाम “नेपालको संबिधान” हुनेमा पनि तीन दलहरुले जोर जर्बजस्ति गरेपछी पहिला असम्सोधनिय धारामा प्रस्ट हुन र यसबारेमा हाम्रो मन्च (ककस ) को धारणा “संघिय लोकतान्त्रिक गनतन्त्रात्मक नेपालको संबिधान” हुनु पर्ने अडान र त्यस्मा कुनै सम्झौता गर्न नसकिने बताए पछि उनिहरू पछि हटेका हुन् । तर यो धारामा भने बाबुराम भट्टराइले उहाँहरुको फरक मत रहने गरी पास गरौ भन्दै ताली बजाउन लगाए पनि संबिधानको नाम अन्तमा मात्र टुङो लाग्ने छ ।
आजै बाट (ककस)लाई पनि बिबाद समाधान उपसमितिमा राखिएकोले उक्त समितिमा आर के खम्बुलाई पठाउने समेत निर्णय भएको छ ।
(आर के खम्बुवान मुक्तिमोर्चाका सभासद हुन्)
