गोविन्द घर्ती
देवदह भद्रौ १५, रुपन्देहीको देवदह खैरेनीबाट चल्ने सार्वजनिक सवारीका साधनहरुमा जोखिम युक्त यात्रा गर्न सर्वसाधारणहरु वाध्य हुनु परेको छ । बुटवल यातायात व्यवसायी समिति र पालि यातायात व्यवसायी समितिका जिपहरुमा यात्रा गर्ने यात्रीहरुले यस्तो जोखिम युक्त यात्रा गर्न वाध्य भएका हुन । ट्राफिक नियमको पालना गराउने ट्राफिकको आखा अगाडीनै ढालामा झुन्ड्याउने र छतमा मानिस राखेर सवारी साधन चलाउदा समेत ट्राफिकले कुनै वास्ता गरेको पाईदैन । देवदह क्षेत्रमा बसेर काम गरि रहेका ट्राफिक रुद्र बहादुर बस्नेत सबै ठाउको ट्राफिक समस्या यस्तै भएको बताउछन । सबै ठाउमा ट्राफिक छन भनेर तर्कन खोज्दै सम्झाउने र जरिवाना काट्ने काम भईरहेको ट्राफिक बस्नेतको भनाई रहेको छ । बुटवल यातायात व्यवसायी समितिका रुट संयोजक बालकुमार यादव यात्रुहरुको जिद्धिका कारण सवारी साधनको क्षमता भन्दा वढी यात्रुहरु बोक्नु परेको बताउछन । यात्रु र कर्मचारीका कारण यस्तो समस्या आउने गरेको यादवको भनाई रहेको छ । चार्ड पर्वको समयमा ७/७ मिनेटको समयमा सवारी साधन छुटाउदा समेत समस्या आएको यादवको भनाई रहेको छ । महिला तथा वालवालिकाहरुलाई समयमै पु¥याउनको लागि ढालामा झुण्ड्याएर यात्रु ओर्सान वाध्य भएको यादवले जिकिर गरे । बुटवल यातायात व्यवसायी समितिका कर्मचारी भिम गुरुङ्ग खैरेनीमा ढालामा झुण्ड्याउने काम भए पनि छतमा राख्ने काम नहुने गरेको बताउछन । खैरेनीबाट केही पर गएपछि छतमा मानिस राख्ने काम गरेको हुदा कार्बाही गर्न कठिन भएको गुरुङ्गको भनाई रहेको छ । गाडीवालाले रिर्पोट गर्ने हो भने कार्बाही गर्न सकिने सजिलो जवाफ गुरुङ्गको रहेको छ । पाली यातायात व्यवसायी समितिका कर्मचारी योगेस प्रधान अन्तिम गाडीमा मात्र सिट भन्दा बढी मानिस राख्न दिने गरेको बताए । गाउमा चल्ने गाडी भएको कारण झुण्डीएर यात्रुले यात्रा गर्ने गरेको उनको भनाई रहेको छ । छतमा मानिसहरु राखेर सवारी साधन चलाउदा कुनै दुर्घटना भएमा सम्बन्धित सवारीनै जिम्मेवार हुनु पर्ने प्रधानको भनाई रहेको छ । राज्यले बनाएका नियम कानुन पालना गर्नु सबै संघ संस्था र व्यक्तिको जिम्मेवारी हुन आउछ । यहा आफैले देखि देखि विभिन्न बाहाना बनाएर कानुनको खिल्ली उडाउदा समेत सरोकारवाला निकाय कानमा तेल हालेर बसेको छ । नागरिकको जिउधनको सुरक्षाको लागि बसेका ट्राफिक प्रहरी समेत सही जानकारी दिन आनाकानी गरीरहेको अवस्था छ । जानकारी माग्दा समेत फोनबाट हुदैन भेटेर कुरा गर्छु भनेर पन्छिन खोज्ने अवस्थाको अन्त्य कहिले सम्म हुन्छ । नागरिकको जिउधनको सुरक्षा गर्नु हामी सवैको कर्तव्य हो । यस कार्यमा पन्छिएर कुरा गर्नुभन्दा पनि ईमान्दारीता देखाउन सकियो भने नागरिकको सुरक्षा हुन सक्थ्यो की ?
नागरिकको जिउधनको सुरक्षा गर्नु हामी सवैको कर्तव्य हो
Read Time:4 Minute, 15 Second
