फोटो फिचर सहित: दिल प्रशाद थापा मगर
बुटवल , लायन्स क्लब अफ लुम्बिनी बुद्धको आयोजनाका बुटवलमा शनिबार दाङ्मा रहेका बाढी पिडितहरुको लागि बाढी पिडित राहत संकलन कार्यक्रममा गरेको छ ।
क्लबका अध्यक्ष अकन थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम राहत संकलन कार्यक्रमको संयोजन क्लबका उपाध्यक्ष तितिय मनोज श्रीस मगरले गरेका थिए । राहत संकलन कार्यक्रम क्लबले बुटवलको फुलबारी स्थित पेन्सन केम्प बाट सुरु गरि बुटवलको अमरपथ लाइन हुदै हाट बजार नगरपालिका कार्यलय, जेसिस चोक राममन्दिर लाइन , विपि चोक क्षेत्रमा राहत संकलन गरेको थियो ।
सो राहत संकलन कार्यक्रममा २५ हजार रुपैया नगद र अन्य लत्ता कपडा, चप्पल लगायत जिन्सी समान संकलन गरिएको क्लबका कोषाध्यक्ष कल्पना थापा मगरले जानकारी दिए । क्लबका अनुसार सो राहत सामानहरु क्लबका सदस्यहरु स्वयम पिडित क्षेत्रमा गएर वितरण गर्ने बताइएको छ ।

