कमल सिंह चोैधरी
बुटवल, नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीको आयोजनामा बुटवलमा एक कार्यक्रमका बीच ३ दिने लेखा तालिम विहिबार देखि शुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै संघका जिल्ला अध्यक्ष दल बहादुर विरकट्टाले सामाजिक क्रान्ति विना देशको विकास हुन नसक्ने हुदाँ त्यस तर्फ सजग हुनुपर्नेमा जोड दिएका थिए । अध्यक्ष विरकट्टाले व्यवहारिक शिक्षा विना सामाजिक कार्य गर्न कठिनाई हुदाँ सामाजिक क्षेत्रमा काम गर्नेहरुले चेतना बृद्धिको कार्यक्रम गर्नु पर्नेमा जोड दिएका थिए । संघमा आवद्ध पदाधिकारीहरुलाई लेखा सम्वन्धी चेतना दिने उद्देश्यले ३ दिने लेखा तालिमको आयोजना गरेको संघले जनाएको छ । नगर, गाउँ, इकाई र जिल्लामा रहेको कोषहरुको अनिवार्य रुपमा सहभागिता रहेको प्रक्षिण कार्यक्रममा संघमा काम गर्ने क्रममा आर्थिकलाई चुस्त र दुरुस्त गर्न र हिसावलाई पारदर्शिता बनाउनको लागि पनि तालिमले महत्वपूर्ण भुमिका खेल्ने संघका कोषाध्यक्ष आनबहादुर सोतीले बताएका छन । जिल्ला अध्यक्ष दलबहादुर विरकट्टाको अध्यक्षतामा भएको तालिमको सहजीकरण नेपाल राष्ट्र बैक भैरहवाका अधिकृत खेम पुनले गरेका थिए । जिल्ला सदस्य कमल थापाको संचालनमा भएको तालिममा नगर समिति, गाउँ ईकाई समिति र जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुको सभागिता रहेको छ । उक्त कार्यक्रममा लगभाग २० जना प्रशिक्षर्थीहरुको सहभागिता रहको थियो ।
