देब पचभैया
काठमाडौं, ९ भदौ – साहित्यकार सुमलकुमार गुरुङको ‘अतितका आँखी झ्यालभित्र नियँल्दा’ पुस्तकको विमोचन गरीएको छ ।
अतितमा आफुले भोगेका तीतामिठाअनुभवहरुको संगालो उक्त पुस्तकमा यात्रा संस्मरण लगायतका कुराहरु उल्लेख छन् । वरिष्ट सहित्यकार तथा समाजसेवी भद्राकुमारी घले, अन्तराष्ट्रिय नेपाली सहित्यिक मञ्चका वरिष्ट उपाध्यक्ष राधेश्याम लेकाली, तमू ह्युल छोंझ धी का अध्यक्ष रेशम गुरुङ लगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरे ।
विमोचन कार्यक्रममा उपस्थित वक्ताहरुले साहित्यकार गुरुङलाई पुस्तक प्रकाशन गरेकोमा बधाइ तथा शुभकामना ब्यक्त गरे । साहित्यकार गुरुङले आफुले यस पुस्तकमा आफ्ना विगतका तितामिठा अनुभवलाई समेटेको बताए । ‘अवको दिनमा पनि मेरो कलम साहित्य क्षेत्रमा नै चल्नेछ ।’ उनले भने । एसिया, यूरोप लगायत विभिन्न देशको भ्रमण गरिसकेका गुरुङले यस अघि मेजर अर्जुनको औंठी, यात्रा स्पर्श लगायतका कृतिहरुको प्रकाशन गरीसकेका छन् ।
वि. सं. २०१० साल माघ ४ गते पर्वतको चित्रे ३, बगालेटोलमा जन्मिएका साहित्यकार सुमलकमार गुरुङले स्नातक तहसम्मको अध्ययन गरेका छन् । साहित्यकार गुरुङ पूर्व भारतीय सैनिक हुन् । विमोचन कार्यक्रममा वरिष्ट साहित्यकार, पाठक तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
