रिपोर्ट तथा फोटो: दिल प्रशाद थापा मगर
बुटवल – आदिवासी जनजाति युवाहरुको अभियान, अधिकार र रोजगारका लागि पहिचान सिहतको संघिय संविधान भन्ने मुल नाराका साथ आदिवासी जनजाती युवा महासंघ नेपाल गठन भएको छ ।
रुपन्देहीमा आदिवासी जनजाती युवाहरूको आयोजनामा भएको प्रथम ऐतिहासिक जिल्ला सम्मेलनले बुटवलको अमर भवनमा शनिवार प्रेम सोमई मगरको अध्यक्षतामा २३ सदस्यीय समिती गठन भएको छ ।
उपाध्यक्षहरुमा सितर श्रेष्ठ,संजिव थापा, लोक पुन, सचिवमा कृष्ण बा. कुमाल, सह सचिवमा दिलिप गलामी , कोषाध्यक्षमा लक्ष्मी थापा, सह कोषाध्यक्षमा मन्जीत चौधरी , प्रचार विभागमा राकेश गुरुङ्ग, सदस्यहरुमा राम थापा, दिपक खड्की,रोहन चौधरी , युवाराज सारु मगर (क), युवराज सारु मगर (ख), गोकुल छन्तयाल , श्री प्रसाद थापा, चेत बा पुन , समुन्द्र श्रेष्ठ , दिपमाया पुन , बसन्ती कुमाल चयन भएका छन । कार्यक्रमको उदघाटनसत्रका आदिवासी जनजाती युवा महासंघ नेपाल रुपन्देही तदर्थ समितीका अध्यक्ष दिपक गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय वरिष्ट उपाध्यक्ष महेन्द्र लिगल को प्रमुख आतिथ्यताका सम्पन्न भएको थियो ।

कार्यक्रममा वत्ताहरुले सम्पुण आदिवासी युवाहर अब आफ्नो हक र अधिकारको लागि जस्तो सुकै आन्दोलन गनु पनि तयार हुन पर्ने बताए । ठुला राजनितिक दलहरुले युवाहरुलाई आफ्नो स्वार्थको लागि प्रयोग गरेर गुण्डाको दर्जा दिइ विलिन गराएको र युवको भविष्य प्रति खेलवाड गरेको बत्ताहरुले आरोप लगाए । वत्ताहरुले आदिवासी युवाहरु राजनितिक पार्टीको भरिया भएर काम नगर्न तथा आफ्ना माग पुरा गराउन ठुला दललाई चुनौति दिनु पर्ने बताएका थिए ।
अन्तरिम संविधान २०६३ मा लेखिएको धर्मनिरपेक्ष राष्ट्र, पहिचान सहितको संघियता , जातिय जनसङख्याको आधारमा समानुपातिक सहभागिता जस्ता मुल मुद्घालाई पुर्ण रुपमा कार्यवनयन गराउन आदिवासी जनजाति युवाहरुले आन्दोलनको नतृत्व गर्नु पर्ने बताए । सबै खाले विभेदको अन्त्यको लागि र समानता समाज निमार्णको लागि महासंघले महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताउदै नयाँ समितीलाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी महेन्द्र लिगल , विशिष्ठ अतिथीद्वय महासघंका पश्चिमाञ्चल उपाध्यक्ष राम थापा मगर , अदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देही अध्यक्ष सन्तराम चौधरी, अतिथीहरु नेपाल आदिवासी जनजाती महासंघ, जिल्ला समन्वय समिती रुपन्देही निवर्तमान अध्यक्ष होम गलामी मगर थिए ।
त्यस्तै अन्य अतिथिहरूमा नेपाल छन्तयाल संघ जिल्ला समितीका अध्यक्ष दल बहादुर छन्तयाल , नेपाल मगर युवा संघ केन्द्रीय उपाध्यक्ष मिलन थापा मगर ,नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य दिपक गरौजा मगर , फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहा मगर, आदिवास जनजाती विद्यार्थी महासंघ रुपन्देही जिल्लाका अध्यक्ष गम सोमई लगायतका अतिथीहरुले बोलेका थिए ।
उदघाटन सत्रका कार्यक्रम संचालन प्रेम सोमइले गरेका थिए भने स्वागत मन्तव्य तदर्थ समितीका उपाध्यक्ष सितल श्रेष्ठले गरेका थिए ।
