गोबिन्द घर्र्ती
भद्रौ ८, संविधान निर्माणको मुख्य विषयमा सहमति जुटाउन राजनैंतिक दलका शिर्ष नेताहरु लागिपरेको नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा सभासद बद्री प्रसाद पाण्डेले बताएका छन । पाण्डले दोश्रो संविधान सभाको निर्वाचन पछि तयार गरिएको कार्यतालिका अनुसार अहिले सम्म काम भईराखेको बताए । सभासद पाण्डेले संविधानमा आफुले प्रस्ताव गरेको कुरामा सम्झौता गर्नुपरे पनि संविधान वन्नु पर्छ भन्ने भावना सवै राजनैतिक दलमा रहेको कारण समयमै संविधान बन्ने दावी गरेका थिए । अहिलेको राजनैतिक अवस्था सत्रुता र निषेधको अवस्थाबाट सुधार भएको कारण शासकिय स्वरुप र संघीयताको विषयमा समेत टुङ्गो लाग्ने सभासद पाण्डेले बताए । नेपाली काग्रेसको भातृसंगठन नेपाल महिला संघ देवदह नगरसमितिले आयोजना गरेको तीज विशेष दर खाने कार्यक्रममा बोल्दै पाण्डले उक्त कुरा बताएका हुन । तीजलाई सुधार गर्दै अगाडि लैजानु पर्ने र तीजमा देखिएका विकृतिको अन्त्य गर्नुमा पाण्डेले जोड दिएका थिए । आफनो अधिकार प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्नुपर्ने समेत जानकारी गराए । नेपाल महिला संघ देवदह नगरसमितिकी सभापति पार्वती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस रुपन्देहीका सभापति एवं सभासद अव्दुल रज्जाक, पुर्वराज्य मन्त्री दुर्योधन सिंह चौधरी, पार्टीका जिल्ला उपसभापति मनोरमा शेरचन, महिला संघ रुपन्देहीकी सभापति रमा अर्याल, नेपाली काग्रेस देवदह नगरसभापति दुर्गाबहादुर राना लगायतले बोल्दै तीजलाई एकता र सद्भावको पर्वको रुपमा मनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा विभिन्न वडाका महिलाहरुले आ–आफना गीत प्रस्तुत गरेका थिए भने राष्ट्रिय कलाकारहरु नविन पौडेल, जमुना राना, हुमा तिवारी, रेश्म पाण्डे लगायतले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । सिता वस्यालको स्वागत र हिमा रिजाल, सिता शर्मा र कमला अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संविधान निर्माणको मुख्य विषयमा शिर्ष नेताहरु लागिपरेको
Read Time:3 Minute, 2 Second
