तोकिएको समय भित्र संविधान जारी गर्न नेकपा एमाले प्रतिवद्ध

Read Time:3 Minute, 59 Second

गोविन्द घर्ती
देवदह भद्रौ ६,तोकिएको समय भित्र संविधान जारी गर्न नेकपा एमाले प्रतिवद्ध रहेको नेकपा एमालेका केन्द्रीय सविच प्रदिप ज्ञवालीले बताएका छन । ज्ञवालीले अव जारी हुने संविधानले दीगो शान्ति, लोकतन्त्र, एकता र आपसी सद्भाव, समान अधिकारको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका थिए । पिछडिएको बर्गको अधिकार सुनिश्चित हुने खालको संविधान निर्माण गर्न नेकपा एमाले लागि परेको नेता ज्ञवालीको भनाइ थियोे । संविधान निर्माण पछि देशमा देखिएको बेरोजगार समस्या समाधान हुन सक्ने नेता ज्ञवालीले दावी गरे । नेकपा एमाले देवदह नगरकमिटीले महिलाहरुको महान तीजको अवसरमा आयोजना गरेको तीज महोत्सव तथा दर खाने कार्यक्रममा बोल्दै ज्ञवालीले उक्त कुरा बताएका हुन । नेता ज्ञवालीले नेकपा एमाले संविधान निर्माण, संगठन विस्तार र समृद्धि नेपाल बनाउनको लागि लागि रहेको बताए । ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो पार्टी बनाउनको लागि नागरिकहरुलाई सचेत गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए । नेता ज्ञवालीले तीजमा भईरहेको विकृति र विसंगतिलाई रोक्न महिलाहरु नै लाग्नु पर्नेमा जोड थियो । समय अनुसार समस्या फरक हुने भएपनि चेतना मुलक गीत संगित तयार गर्नु पर्ने नेता ज्ञवालीले बताए । राजनैतिक कुरामात्र गरेर देशलाई पछाडि धकेल्न नहुने हुदा जनचाहना अनुसार राज्य संचालन गर्नु पर्नेमा जोड दिए । देवदह नगर कमिटीका संयोजक पदम थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य पदमा अर्याल, पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष शिव सुवेदी, जिल्ला सदस्य तथा क्षेत्रीय ईन्चार्ज धु्रव खरेल, जिल्ला सदस्य ऋषिराम सापकोटा, अखिल नेपाल महिला संघका क्षेत्रीय अध्यक्ष लक्ष्मी पंगेनी, सरस्वती पोखरेल लगायतले बोल्दै तीजलाई संस्कृतिक पर्वको रुपमा मनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा संगितको माध्यमबाट पार्टीलाई योग्दान पु¥याउने कलाकारहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा धनबहादुर गुरुङ्ग, केशव राना, जयराम थापा, प्रताप सिं गुरुङ्ग, गौमति बुढाथोकी, तिर्थ बहादुर कुमाल लगायत रहका छन । कार्यक्रममा सपना गाहा, वालचन्द्र बराल, तेजु अर्याल, पुरुषोत्तम भण्डारी, वालकलाकार अनुभव अर्याल लगायतका राष्ट्रिय कलाकारहरुले गीत प्रस्तुत गरेका थिए । नगर सह संयोजक वावुराम पंगेनीको स्वागत, विद्यालक्ष्मी गुरुङ्ग र यम रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न वडाका महिलाहरुले तीजका गीतहरु प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %