गोविन्द घर्ती
देवदह भद्रौ ५, सहकारीले मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न लाग्नु पर्ने राष्ट्रिय सहकारी संघ नेपालका केन्द्रीय सदस्य भिमप्रसाद तुलाचनले बताएका छन । तुलाचनले पछिल्लो समयमा नेपालीहरुका मौलिक चाड तीज विकृतिमा परिणत हुदै गएको हुदा संस्कार र संस्कृति जोगाउन सहकारी लाग्नु पर्नेमा जोड दिएका थिए । कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहले महिलाहरुको महान पर्व तीजको अवसरमा आयोजित तीज विशेष कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताएका हुन । सोही कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सदस्य कृष्ण नेपालले समाज परिवर्तनमा सहकारीको अह्म भूमिका रहेको बताउदै गरिव र विपन्न बर्गको आर्थिक स्थिती सुधार गर्न सहकारीले पहल गर्नु पर्ने बताए । नेपालले सहकारी गरिव र विपन्न बर्गको पहुच सम्म पु¥याउन सवै सहकारीकर्मीहरु लाग्नु पर्नेमा जोड दिएका थिए । सहकारीका उपाध्यक्ष रमादेवि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा गोधुली बचत तथा ऋण सहकारीका यम राना, तलाउ कृषि सहकारीका निर्मला देवि थारु, पल्लवी बचत तथा ऋण सहकरीका टिका गौतम, वरपिपल कृषि सहकारीका लक्ष्मी सिग्देल, नवप्रभात महिला बचत तथा ऋण सहकारीका मिना श्रेष्ठ लगायतले बोल्दै विकृति र विसंगतिलाई हटाउदै तीज पर्व मनाउनु पर्नेमा जोड दिएका थिए । सहकारीका सचिव भिमप्रसाद गुरुङ्गको स्वागत र सरस्वती पोखरेलको संचालनमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश अर्यालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सहभगि महिलाहरुले तीजका विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।
महिलाहरुको चाड तीज, विकृतिमा परिणत
Read Time:2 Minute, 26 Second
