निश्चल काउचा, सिवल कोरिया
साउनको अरिबल बर्षाको पर्वाह नगरि दक्षिण कोरियाको रोजगारका लागि पाँचौँ भाषा परीक्षामा ६२ हजार ५ सय १४ जना नेपाली युवाले आवेदन फारम भरे ।
सम्झना थापा २८, (नाम परिवर्तन)झापाले यसपाली सहित तेस्रो पटक कोरियन भाषाको फारम भरिन । पहिलो चोटि पास भए पनि कोरिया जान पाईनन । दोस्रो पटक पास हुन सकिनन । यसपाली त जसरी पनि पास गरेर कोरिया पुग्ने सपना देख्दै अबिरल झरीमा पनि घन्टौ लाईन लागेर फारम भरिन ।
सुरेन्द्र थापा २९ गोरखाले दुई चोटि भाषा परिक्षा दिए । दुई चोटि नै पास भए पनि पहिलो पटक जान पाएनन । दोस्रो चोटि पास भएर अहिले कोरिया जाने रोस्टरमा छन । दुई हप्ता अघि मात्र बिरेन्द्र पुन २८ बाग्लुङ कोरियाको ४ बर्ष १० महिनाको अबधि सकेर नेपाल फर्किए । उनले नेपाल फर्कने बित्तिकै सिभिटी परिक्षा दिने बताए । सुरेश शाक्य ३८ नाम परिवर्तन नवलपरासी आफ्नो ४ बर्ष १० महिने अबधि सकेर कोरियामा नै अबैधानिक रुपमा बसे । उनिहरु दुई जनाको एउटै गुनासो थियो । नेपाल गएर के गरेर बस्नु देशमा अझै संबिधान बन्न सकेको छैन । राजनीतिक स्थिति डामाडोल छ ।
उसो त कोरिया आउन मरिहत्ते गर्ने युवाहरू कोरिया आए पनि कहाँ सूख छ र ४ महिना अघि कृषि क्षेत्रमा आएका बिनोद ठकुरी ३० नाम परिवर्तन स्याङ्जाले दुखेसो पोखे बिहान झिसमिसे उज्यालो हुदा देखि बेलुकी साझसम्म काम गर्नु पर्छ । अब जसरी भए पनि कार्यस्थल परिवर्तन गर्ने सुनाए ।
अहिले कोरिया २४ हजारको हाराहारीमा नेपाली छन । जसमा ८० प्रतिसत ईपिएस प्रणालीबाट आएका हुन । पछिल्लो चरणमा कोरियामा औधोगिक दुर्घटना बददो छ । अघिल्लो महिना मात्र फोर्कलिफ्ट दुर्घटनामा परेर म्याग्दी हिस्तान ८ का पंकज पुनले ज्यान गुमाए । अहिलेसम्म कोरियामा सय भन्दा बदि सुतेको सुतै भएर ज्यान गुमाएका छन भने १५ जना बदि नेपालीले आत्महत्य गरिसकेका छन ।
कोरियाको कामलाई डर्टी, डेन्जर र डिफिकल्ट भनिन्छ । कोरियाको छनान शहरको माईग्रेन्ट सेन्टरमा (जो समस्यामा परेका मजदुरहरूलाई सहयोग गर्ने संस्था हो) कार्यरत नेपाली चेली गीता राईका अनुसार नेपाली कमदारहरू समयमा तलब नदिएको कम्पनी साहुले कुटपिट गरेको, दुर्ब्यवहार गरेको समस्या, कम्पनी साहुले एउटै कोठामा दुई देशका कामदार राखि दिदा उत्पन्न समस्या बदि लिएर आउने गरेको सुनाउछिन ।
कोरियाको काम डर्टी, डेन्जर र डिफिकल्ट भए पनि नेपालमा रोजगार छैन । रोगजार भए पनि तलब न्युन हुन्छ् । कोरिया आउन बित्तिकै मासिल एक लाख कमाई हुन्छ् । देशमा रोजगार नपाएपछि जस्तो सुकै काम भए र जति नै पढेको भए पनि नेपाली युवा माझ कोरिया आकर्षण बदनु मुख्य कारक रहेको प्रबासी मजदुर युनियनका अध्यक्ष उदय राई बताउछन ।