सुनकोशी प्रकोप पिडित लाई तिलोत्तमा जेसिसको सहयोग

Read Time:1 Minute, 40 Second

दिल प्रशाद थापा

बुटवल , ३१ श्रावण – तिलोत्तमा जेसिस शंकरनगरले केही साता अगाडी सिन्धुपाल्चोक जिल्लाको मांखामा गएको भिषण पहिरो प्रकोप बाट प्रभावितहरुका लागि राहत सहयोग संकलन गरि प्रदान गरेको छ ।

गत हप्ता तिलोत्तमा नगरपालिकाका विभिन्न टोलहरुमा घरदैलो अभियान मार्फत संकलन भएको कुल रकम रु. ६२,६६४।– एक कार्यक्रमका विच एभिन्यूज टेलिभिजनका क्षेत्रिय व्यूरो प्रमुख दामोदर खनाल लाई हस्तान्तरण गरियो । सो रकम बुझदै दामोदर खनालले जेसिसले प्रदान गरेको सहयोग रकम एभिन्यूज राहत कोष मार्फत प्रकोप पिडितको हात सम्म पूर्याउने प्रतिवद्दता व्यक्त गर्दे सामाजिक क्षेत्रमा तिलोत्तमा जेसिसले गरेको कार्यको प्रशंसा गरेका थिए ।

तिलोत्तमा जेसिसका अध्यक्ष विनोद सुवेदीले अगामी दिनमा समेत प्रकोप पिडित लाई राहत संकलन गरि वितरण गर्ने र यस क्रममा सहयोग गर्नुहुने सबै महानुभाव तथा सघं संस्थालाई धन्यवाद् दिएका थिए । जेसी देवी डुम्रेको स्वागत् मन्तव्य रहेको औपचारिक कार्यक्रमको संचालन सचिव जेसी जिवन गौतमले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %