कोलिफमले गर्दा पाल्पामा झाडापखाला फैलिएको पुष्टी

Read Time:3 Minute, 29 Second

देब पचभैया  

पाल्पा, भाद्र १ – कोलिफर्म जीवाणु रहेको पानी पिउनाले पाल्पाको सिद्धेश्वरको असारे गाउँमा झाडावान्ता फैलिएको आईतबार प्रमाणित भएको छ । खानेपानी तथा सरसफाई डिभिजन र स्वास्थ्य कार्यालयले गरेको खानेपानीको परीक्षणका क्रममा त्यहाँका स्थानीयले प्रयोगमा ल्याएको पिउने पानीमा अत्याधिक मात्रामा कोलिफर्म जीवाणु भेटिएको हो ।  

सिद्धेश्वर–४, र ५ का डेढ सय घरधुरीले प्रयोग गर्ने पिउने मुलको पानी परीक्षण गर्दा मरेको जनावर र दिसामा भेटिने कोलिफर्म  भेटिएको डिभिजन प्रमूख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए । स्थानीय बासिन्दाले प्रयोग गर्ने तल्लो र माथिल्लो मुलमध्ये तल्लो मूलको पानीमा कोलिफर्म जीवाणु भेटिएको हो । सिद्धेश्वर ४ र ८ को सिमानामा पर्ने बर्गाम मूलबाट ल्याएको पानी गाउँलेले पिउनका लागि प्रयोग गर्छन् । एक साता अघिदेखि त्यहाँको पानी प्रयोग गर्दै आएका एक सय बढी स्थानीय बासिन्दा झाडावान्ताबाट बिरामी परेका थिए ।

सिद्धेश्वरको असारे गाउँमा झाडावान्ताको प्रकोप बढेपछि जिल्लाबाट गएको चिकित्सक सहितको आकश्मिक टोलीले क्याम्प बनाएर उपचार गरेपछि  झाडापखाला नियन्त्रणमा आएको हो । जिल्लाको टोली सोमबार मात्रै सदरमुकाम फिर्ता हने जिल्ला स्वास्थ्य कायालय पाल्पाले जानकारी दिएको छ ।  

तीन/चार जनाबाट सुरु भएको झाडावान्ता गाउँका प्राय सबै बिरामी भए पछि उपस्वासथ्य चौकी र सदरमुकाम तानसेनबाट गएको टोलीले एकसाता देखि उपचार गरेको थियो ।

कोलिफर्म भेटिएपछि खानेपानी कार्यालय र स्वास्थ्य कार्यालयले पानीमा जीवाणु मार्ने औषधी प्रयोग गरेर वा उमालेरमा त्यहाँको पानी पिउन सर्वसाधारणलाई भनेको छ । अन्य स्रोतको पानी पिउने सम्भावना नरहेका कारण भदौँ र असोज महिनासम्म औषधी प्रयोग गरेर वा उमालेर त्यहाँको पानी प्रयोग गर्न सुझाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख झलक शर्माले जानकारी दिए ।

शर्माका अनुसार त्यहाँको पानीमा ६० प्रतिशत कोलिफम भेटिएको छ । यसअघि पनि उक्त मूलको पानीमा कोलिफर्म जीवाणु भेटिएको स्थानीयले  बताएका छन् । पहिले नै त्यहाँको पानी संक्रमण हुने भएपनि स्थानीय बासिन्दामा सचेतनाको कमीले पुनः अहिले झाडावान्ता फैलिएको बताइएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %