देब पचभैया
पाल्पा, श्रावण २८ – पाल्पाको तानसेनमा जारी बिभिन्न जात्रा अवधी सम्म मदिरा बेच बिखन र सेवन नगर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले सबै संग अपिल गरेको छ ।
आगामी भाद्र २ गते हुने रणउजेश्वरी भगवती जात्रा नसकिए सम्म मदिरा बेचबिखन र सेवन नगर्न प्रहरीले आग्रह गरेको हो । साथै जात्राको अवधीमा लुटपाट र चोरीको घटना हुन सक्ने भएकाले हिड्दा बिशेष ख्याल गरी महंगा गरगहना नलगाउन पनि प्रहरीले सबै संग आग्रह गरेको छ ।
