कमल चौधरी
बुटवल – नेपाल आदिवसी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले १५ औं स्थापना दिवसको अवसमा अयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले आदिवासी जनजातिका मुद्दाहरुलाई राज्यले उपेक्षा गरेको बताएका छन् ।
“आदिवासी जनजतिका मुद्दा र मिडियाको भूमिका” विषयक अन्र्तक्रिया तथा पत्रकार सम्मान कार्यक्रममा बक्ताहरुले मंगलबार नेपाल मगर महिला संघको भावन बुटवलमा अझैपनि आदिवासीका मुद्दाहरुलाई मिडियाले खासै महात्वपूर्ण भुमिका नखेलेको भन्दै राज्य र मिडिया दुवैले नै आदिवासीहरुलाई उपेक्षा गरेको बताए ।
नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष सन्तराम चौधरीले आदिवासी जनजातिका मुद्दाहरु अहिले ओझेलमा परेको बेला मिडियाले महात्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले आदिवासी जनजाति पहिचान, संघीयता खोजिरहेको अवस्थामा मिडियाले यसलाई अझ सक्रिय रुपमा उठाउन अग्रह समेत गरे । त्यस्तै नेपाल पत्रकार महासंघका सचिव रुद्रहरी कुवरले उत्पीडित जात जाति समुदाय, दालित, मुस्लीम, महिलाहरुको मुद्दाहरु उठाउनको लागि महासंघले सहकार्य गर्दै अगाडी बड्ने बताए । उनले पछिल्लो समयमा प्रमुख मुद्दानै पहिचानको कुरा रहेको भन्दै अब मिडियाले पनि पहिचान, भाषा, संस्कृतिको संरक्षण र प्रवद्धनको लागि महात्वपूर्ण भुमिका खेल्ने बताए ।

त्यस्तै प्रेस युनियन जिल्ला अध्यक्ष विक्रम खड्कले कुनै मिडियाले आदिवासीका मुद्दाहरुलाई उठाएन भन्दै आत्तिनु नहुने बताए । उनले अब आदिवासी जनाजतिका मुद्दाहरुलाई विभिन्न समाजिक संञ्जलहरुमा पनि आदिवासीका मुद्दा र कार्यक्रमहरुलाई प्रस्तुत गर्न सकिने हुदाँ समाजिक संञ्जालले मिडियाकै भुमिका खेलेको बताए ।
उक्त अन्र्तक्रिया कार्यक्रममा जिल्ला विकास समिति समाजिक अधिकृत दुर्गा प्रसाद श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का बरिष्ठ सल्लाहकार तथा निवर्तमान अध्यक्ष भिम बहादुर गुरुङ्ग, समाजसेवी विमल बहादुर शाक्य, फोनिजका केन्द्रीय सदस्य तथा फोनिज सल्लाहकार सारु राना, रेडियो देवदहका स्टेसन म्यनेजार याम राना, बुटवल दैनिकका सम्पादक तिलक आचार्य शुभकामना मनतव्य राखेका थिए ।
त्यस्तै रेडियो समावेशीका समाचार प्रमुख रमेश पोख्रेल, बुटवल टुडेका सम्पादक सुरज भण्डरी, रेडियो नमस्तेका सम्पादक प्रमुख डयलसन अधिकारी, नेपाल मगर संघका जिल्ला अध्यक्ष दल बहादुर बिरकट्टा, नेवाःपुचका निवर्तमान अध्यक्ष सुर्यलाल श्रेष्ठ, नेपाल मगर संघ नगर समितिका अध्यक्ष किसन थापा, स्वर्गिय देव पाटाकी धर्मपत्नी नारायणी पाटा मगर, थकाली सेवा समितिका उपाध्यक्ष लाल बहादुर सेरचन, सम्मानीत पत्रकार हिक्मत चौधरी लगाएतले पनि शुभकामना मनतव्य राखेका थिए ।
