फोनिज स्थापना दिवका अवसरमा शुभकामना

Read Time:3 Minute, 43 Second

देब पचभैया

काठमाडौं, २७ साउन – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रले फोनिज स्थापना दिवसका अवसरमा शुभकामना ब्यक्त गरेको छ ।

फोनिज केन्द्रले शुभकामना वक्तब्य जारी गर्दै १५ औं स्थापना दिवसका अवसरमा फोनिज क्षेत्रीय समिति, जिल्ला तथा विदेश शाखा, संस्थागत सदस्य संस्था तथा फोनिजका सम्पूर्ण सदस्यहरुमा शुभकामना व्यक्त गरेको हो । फोनिज केन्द्रका अध्यक्ष डण्ड गुरु¨द्वारा हस्ताक्षरित बक्तब्यमा ‘देश विदेशमा रहेका आदिवासी जनजाति पत्रकारहरुलाई एकसुत्रमा आवद्व गरी व्यावसायिक नेतृत्व प्रदान तथा पेशागत हक हितको संरक्षण गर्ने मुख्य उद्देश्य राखेको फोनिजले वर्तमान सन्दर्भमा भने ‘जातीय पहिचानसहितका संघीय संविधानका लागि पूर्ण समावेशी सञ्चार’ अभियानलाई विशेष महत्वकासाथ अगाडि बढाइरहेको छ ।’ भनीएको छ ।

‘फोनिज जहिले पनि नेपाली सञ्चारमाध्यम र सञ्चारस“ग सम्बन्धित सबै संरचनाहरु पूर्ण समावेशी हुनुपर्छ भन्ने मान्यतामा अडिग छ । नेपाल पत्रकार महासंघलाई २४ औं महाधिवेशनबाट थप समावेशी बनाउन फोनिजले खेलेको भूमिकाको हामी हाम्रो स्थापना दिवसको अवसरमा विशेष स्मरण गर्न र गराउन चाहन्छौं ।’ बक्तब्यमा उल्लेख छ । बक्तब्यमा स्थापना दिवसमा नेपाली पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाका लागि विशेष पहलकदमी चाल्न नेपाल सरकारसंग आग्रह गरेको छ ।

सम्पूर्ण नेपाली जनताका अधिकार सुनिश्चित हुनेगरी संविधानसभाबाट बन्न लागेको नयाँ संविधानलाई उत्पीडित जातिहरुको पहिचानसहित राज्यपुनर्संरचना गरेर जातीय पहिचानसहितको संघीय संविधान बनाउन संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दलहरुलाई फोनिज केन्द्रले बक्तब्यमार्फत आग्रह गरेको छ । आम नेपाली सञ्चार माध्यम र सञ्चारसंग सम्बन्धित संरचनाहरुलाई पूर्ण समावेशी बनाउने, पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाका लागि लडिराख्ने र जातीय पहिचानसहितको संघीय संविधानका लागि खबरदारी गरिराख्ने प्रतिबद्धता ब्यक्त गर्दै फोनिज केन्द्रले १५ औं स्थापना दिवसको सबैमा शुभकामना ब्यक्त गरेको हो ।

आदिवासी जनजाति कुलमा जन्मिएर पत्रकारिता पेशामा क्रियाशील पत्रकारहरुको साझा पेशागत तथा अधिकारमूखी संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) आफ्नो गौरवमय १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा फोनिज केन्द र जिल्ला शाखाहरुले मंगलबार देशभर बिभिन्न कार्यक्रमको  आयोजना गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %