सार्थक संविधान निर्माण गर्न राजनैतिक दल र राज्यलाई जनस्तरबाट दवाव दिनु पर्ने

Read Time:2 Minute, 16 Second

गोविन्द घर्ति
रुपन्देही साउन २६ ।  राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीको भनाइ थियो । माध ८ गते जनताको संविधान जारी गर्नु पर्ने बताउदै त्यसको लागि स्थानीयस्तरबाट एक जृट भएर लाग्नु पर्नेमा जोड दिउका थिए । राष्ट्रिय जनमुक्ति पार्टी तिलोत्तमा नगर समितिको प्रथम अधिवेशनमा बोल्दै महासचिव सुर्यवंशीले उक्त कुरा बताएका हुन । महासचिव सुर्यवंशीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष नेपालका राजनैतिक दलका नेताहरु मगन्ते शैलीमा प्रस्तुत हुदा राष्ट्रको अपमान भएको बताएका थिए । नेपालमा बसोवास गर्ने सम्पूर्ण जातजातीको अधिकार सुनिश्ति हुने गरी तोकिएको समयमा सार्थक संविधान जारी गर्नुपर्ने बताए । सुन्दर गुरुङ्गको अध्यक्षता र शंकर गाहाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले राजु रानाको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा आनबहादुर सोती, उपाध्यक्षमा प्रेमबहादुर परियार, मिना पाटा, सचिवमा तेजमान थापा, सहसचिवमा यानु दर्लामी, संगठन सचिवमा हरी दर्लामी र कोषाध्यक्षमा प्रेमबहादुर थापा चयन भएका छन । त्यसैगरी सदस्यहरुमा खुमबहादुर राना, हिमा थापा, डम्वरबहादुर थापा, केशमान दर्लामी, टेकबहादुर बलाल, रिता रोका, देवमान गलामी, ऋषिराम काउछा, कुलबहादुर राना, धिरज पुन, रनबहादुर रेघामी, मञ्जु गाहा, नन्दबहादुर गुरुङ्ग, नन्दबहादुर पुन, होमबहादुर बुढा, भुवानी राना, भोजबहादुर राना चयन भएको सो पार्टीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %