देब पचभैया
स्याङ्जा, २५ साउन – जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आर्थिक बर्ष ०७०/७१ मा ४ करोड ६४ लाख १४ हजार २ सय ९६ रुपैयाँ राजस्व संकलन गरेको छ । बिभिन्न शिर्षकमा उक्त राजस्व संकलन गरेको हो ।
प्रशासनले १४ हजार १ सय ४ राहदानीबाट ४ करोड ५५ लाख ६० हजार रुपैया“ संकलन गरेको जनाएको छ । यस अवधिमा जिल्लाबाट ७ हजार ९ सय ४४ राहदानी र ६ हजार १ सय ६० दु्रत गति माध्यमबाट निकालिएको छ ।
संस्था दर्ताबाट ५ लाख ३७ हजार ९ सय १५, दण्ड जरिवानाबाट २ लाख ६८ हजार ३ सय रुपैयाँ राजश्व संकलन गरेको हो । बेरुजु दाखिलाबाट ३५ हजार ९ सय ३१ संकलन गरिएको छ ।
त्यस्तै हात हतियार नबिकरणबाट ७ हजार ५ सय ५० र परिक्षा दस्तुरबाट ४ हजार ६ सय संकलन गरेको कार्यालयले जनाएको छ । प्रसासनले गत आर्थिक बर्ष ०६९/७० मा ३ करोड ५५ लाख १ हजार ७ सय ५५ संकलन गरेको थियो ।
