एक बर्षमा पाल्पामा ४० प्रहरी पुरस्कृत, १९ कारबाहीमा

Read Time:1 Minute, 26 Second

देब पचभैया

पाल्पा, श्रावण २५ – गएको एक बर्षमा जिल्ला प्रहरी कार्यालय पाल्पाले ४० प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ भने प्रहरी आचरण बिपरित काम गर्ने १९ जनालाई कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक शिब कुमार श्रेष्ठका अनुसार दुई जनालाई नोकरीबाट हटाईएको छ  । तीन जनालाई नोकरी बाटै हटाउन सिफारिस गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवन गरी ड्युटी गर्ने, नागरिक संगको सम्बन्धलाई असर पर्ने  ब्यवहार गर्ने लगाएत प्रहरी आचारण बिरुद्ध काम गर्नेहरुलाई कारबाही गरिएको प्रहरीले बताएको छ ।

प्रहरी आचारण सुधारको लागी बिभिन्न किशिमका तालिमहरु भैरहेको बताउदै प्रहरी कर्मचारीमा भैरहेको बहुबिवाहको समस्या हटाउन, मानब अधिकारको रक्षा  एबं नागरिक प्रतिको ब्यवहार सकारात्मक बनाउने बिषयमा  तालिममा जोड दिईएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले जानकारी दिए ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %