आदिवासी जनजाती महासंघ जापानले २० औं बिश्व आदिवासी दिवश यही अगष्ट महीनाको १४ तारीक जापानको टोयोटा शहर , सामुदायिक भवनको दोस्रो तल्लमा सम्पन्न हुने भएको छ ।

सोसमारोहमा जापानका लागी नेपाली राजदूतवासका महामहिम राजदूत श्री मदन कृष्ण भट्टराइ ज्युको प्रमुख अतिथि रहने छ भने एनआरएन जापनका अध्यक्ष श्री पारस मनी ज्युको बिशेष अतिथि हुने छ । त्यस्तै जापनमा रहेका बिभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधि लगायत आदिवासीका बुद्धिजीवी हरुको पनि गरीमामय उपस्थितमा बिश्व आदीवासी दिवस मनाउन गइरहेको शहर्ष जानकारी गराउँदछौ ।
सम्मपुर्ण जापान वासी आदिवासी तथा ग़ैर आदिवासीहरुमा उपस्थित भइ कार्यक्रमको शोभा बढाइ दिन हुन सादार अनुरेध संघका अध्यक्ष श्री मन बहादुर पुन मगरलेले यसै सूचना बाट हार्दिक निमान्त्रणा गरेका छन् ।
