पाल्पामा पनि मनाईयो २० औ बिश्व आदिबासी दिबस

Read Time:1 Minute, 18 Second

देब पचभैया 

पाल्पा, श्रावण २४ – आदिबासी जनजातिको अडान पहिचान सहितको संबिधान भन्ने मुल नाराका साथ आज पाल्पामा पनि २० औ बिश्व आदिबासी दिबस मनाएका छन् ।

दिवसको अवसरमा बोल्ने बक्ताहरुले आदिबासी एकतामा जोड दिदै पहिचानको लडाईमा अघि सधै सचेत र अग्रसर हुनुपर्ने बताएका छन् ।

जनजाति महासंघ पाल्पाका अध्यक्ष त्रिरत्नलाल  शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा शौन्दर्य लाल शाक्य, टोप बहादुर कुमाल, चिनियालाल बज्राचार्य, मोहन थापा, भीम बहादुर कुमाल, जिराबहादुर कुमाल, रेशा मलेगो, पत्रकार देब पचभैया , मानध्वज श्रेष्ठ, लिला बगाले, बसन्त घर्ती लगाएते बोलेका थिए । जिल्ला उपाध्यक्ष यस कुमार गरम्जाले स्वागत गरेको कार्यक्रममा सचिब तेज कुमालले  संचालन र मायादेबी बज्राचार्यले पाहुनाहरुलाई  धन्यबाद दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %