काठमाडौ, श्रावण २३ – ‘गुन्डा नाईके’ दिनेश अधिकारी (चरी) को गैरन्यायिक हत्या भएको भन्दै नेकपा एमालेका भातृसंगठनहरुले आज बिहानै देखि आव्हृान गरेको धादिङ बन्द अपरान्हबाट फिर्ता भएको छ ।
यातायात र बजार बन्द हुँदा सर्वसाधरण मारमा परेका थिए । बन्दको असर राजधानी जोड्ने पृथ्वीराजमार्गमा भने परेको थिएन । एमाले धादिङ क्षेत्र नं. १ का निर्वतमान उपाध्यक्ष अधिकारीको हत्यामा संलग्न प्रहरीलाई निलम्बन गरी घटनाबारे अनुसन्धान गर्नुपर्ने माग राख्दै जिल्ला बन्द आयोजना गरिएको थियो ।
घटनाको विरोध गर्न सांकेतिक रुपमा गरिएको बन्द फिर्ता गरिएको एमाले जिल्ला अध्यक्ष भुमी त्रिपाठीले जानकारी दिए । ‘भावी दिनमा के गर्ने भनेर छलफल गर्न बैठक बस्दै छौं’,उनले भने ।
आजै एमाले धादिङले बिज्ञप्ति जारी गरेर वर्दीधारी अपराधी मनोवृत्ति भएका व्यक्तिहरुको संलग्नतामा अधिकारीको जघन्य हत्या गरिएको दावी गरिएको छ । अध्यक्ष त्रिपाठीद्धारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ ‘यस कार्यमा संलग्न प्रहरी अधिकारीहरु कुमुद ढुंगेल, पुष्कर कार्की, मिरा चौधरी लगायतलाई तुरुन्त निलम्बन गरी घटनाको छानविन गर्न संसदीय समिति वा विश्वासिलो न्यायीक समिति गठन गर्न माग गर्दछौं कान्तिपुरले समचार छापेको छ ।’
