दिपा आलेमगर
काठमाडौं श्रावण २२ गते – नेपाल मगर विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय क्रिर्तिपुर कार्यसमितिको १५ औं अधिवेशनले १६ कार्यसमिति सहितको अमृत थापामगरलाई अध्यक्षमा चयन गरेको छ । 
त्यसैगरी उपाध्यक्षमा हर्क घर्तिमगर, सचिव मदन कुमार घर्तिमगर, सहसचिव गणेश रानमगर, कोषाध्यक्ष दिपा लुङ्गेलीमगर चयन भएका छन् ।
कार्यसमिति सदस्यहरु दिपक थापामगर, मिरा मश्राङ्गीमगर, उमा रखालीमगर, विजय थापामगर, नरबहादुर बुढामगर, मदन रानामगर, दिपक रानामगर, मोहन सिंजालीमगर, रोमबहादुर पुन मगर चयन गरिएको हो ।
नेपाल मगर विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय क्रिर्तिपुर कार्यसमितिको १५ औं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै संघको केन्द्रिय अध्यक्ष दिपा आलेमगरले अब बन्ने संविधानमा बहुभाषिक विश्वविद्यालय ग्यारेन्टी गर्नु पर्ने बताए ।
बहुभाषी, बहुजातिय, बहुसांस्कृतीक राष्ट्रमा सबै जातजाति, भाषाभाषी र समुदायको पहिचानलाई स्थायित्व दिनकोलागि राज्यले अब बन्ने संविधानमा बहुभाषिक विश्वविद्यालयको ग्यारेन्टी गर्नु पर्ने आवश्यकता रहेको बताए ।
उहांले मगर विद्यार्थीहरु शैक्षिक शिक्षामा पछाडि परेको बताउंदै समग्र मगर समुदायको मातृभाषामा उच्च शिक्षा पढ्न पाउने बातावरण राज्यले तत्तकाल गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष कमल थापामगर, संगठन सचिव सन्देश आलेमगर, कोषाध्यष कोकिल अस्थानीमगर, विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुले आदिबासी जनजाति विद्यार्थीको हक अधिकार र उनीहरुले राज्य बाट पाउनु पर्ने सेवा र सुविधाको बारेमा राज्यले दिन कन्जुसाई गरेको धारणा ब्यक्त गरेका थिए ।
नेपाल मगर विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय क्रिर्तिपुर कार्यसमितिकोको अध्यक्षता एवं कार्यक्रम संयोजक अमृत थापामगरले गरेका थिए भने कार्यक्रम सञ्चालन मदन घर्तिमगरले गरेका हुन् । उक्त कार्यक्रम मगर विद्यार्थी संघ त्रिविबाट आठौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित भएका पदाधिकारी एवं सदस्यहरुलाई अविर खादा लगाएर सम्मान गरिएको थियो ।
नेपाल मगर बिद्दार्थि संघ त्रि.बि.बि किर्तिपुर समितिमा अध्यक्ष अमृत थापा मगर चयन
Read Time:3 Minute, 10 Second
