कमल चौधरी
बुटवल , २० औं विश्व आदिवासी दिवसको अवसरमा २० औं अन्र्तराष्ट्रिय विश्व आदिवासी दिवस २०७१ मुल समिति रुपन्देहीको आयोजनामा “पहिचान र राज्य पुनः संरचना” विषयक बृह्त अन्र्तक्रिया कार्यक्रम एक कार्यक्रमका बीच बिहीबार बुटवलमा सम्पन्न भएको छ ।
उक्त अन्र्तक्रिया कार्यक्रममा अब बन्ने नयाँ संविधानमा आदिवासी जनजातिका मुद्दाहरु स्थापित गर्ने सन्दर्भ र जातीय पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान निर्माण, राज्य पुनः संरचना विषयमा वक्ताहरुले आ–आफ्नो धारण राखेका थिए । अन्र्तकृया कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष सन्तराम चौधरीले अब बन्ने संविधानसभामा आदिवासी जनजातिहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । चौधरीले आदिवासी जनजातिका पहिचानका मुद्दाहरु ओझेलमा परेको भन्दै अब जनजातिहरु एकजुट हुनुको कुनै विकल्प नभएको जिकिर गरे ।
त्यस्तै मगर संघका बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीमगरले अब बन्ने नयाँ संविधानमा आदिवासी जनजाति, उत्पीडित बर्गको अधिकार सुनिश्चित गर्नको लागि जनजाति महासंघले खवरदारी गर्नु पर्नेमा जोड दिए । उनले अब आदिवासी जनजाति चुप लागेर बस्ने बेला होईन भन्दै जातीय पहिचान सहितको संघीयता संविधान निर्माणका लागि सडक र सदन संघर्ष गर्न आवश्यक रहको बताए ।
उक्त अन्र्तक्रिया कार्यक्रममा नेपाली कांग्रेसका युवराज गिरी, एकिकृत माओवादीका वम देव क्षेत्री, राष्ट्रिय जनमुक्ति पार्टीका झम बहादुर गुरुङ्ग , जनधिकार फोरमका अशोक कुमार वर्मा, एकिकृत–माओवादीका बन्दु चन्द, जनजाति महासंघ रुपन्देहीका सल्लाहकार सुर्यलाल गुरुङ्ग, क्षत्र दर्लामी, भोज बहादुर बुढाथोकी, दिल बहादुर खाम्चा, नविन कुमार सुनुवार, मन बहादुर थापा, गम सोमै लगाएले अन्र्तक्रिया कार्यक्रममा पहिचान सहितको संघीयता मुलुकमा आवश्यक रहेको भन्दै पहिचान सहितको संघीय संविधान समयमै निर्माण हुनुपर्नेमा जोड दिए ।
उनीहरुले पहिचान सहितको संघीयता र राज्य पुनः संरचनाको विषयमा बहस हुन जरुरी रहेको भन्दै अब बन्ने संविधानमा आदिवासी जनजाति, मदेशी मुश्लिम, महिला, उत्पीडित क्षेत्र, वर्ग, समुदायको अधिकार सुनिश्चित गर्नको लागि सम्पूर्ण राजनैतिक दलहरु अन्र्तक्रिया, बहस र सहकार्य गरेर मात्र हुने भएकोले सम्पूर्ण राजनैतिक दालहरु एकजुट भएर संविधान निर्माणमा लाग्नुपर्ने बताए ।
उक्त अन्र्तक्रिया कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष सन्तराम चौधरीको अध्यक्षता, महासंघका जिल्ला उपाध्यक्ष कृष्ण मुक्तानको स्वागत र सचिव गंगा पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
